काठमाडौँ । दुर्गा प्रसाईँले प्रदेश संरचना खारेज गरी पूर्वका पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुन: कायम गर्न सरकारसँग माग गरेका छन्। बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान का प्रतिनिधिहरूले सरकारलाई २७ बुँदे मागपत्र बुझाएका हुन्।
मागपत्र बुझाएपछि अभियानका सदस्यले पत्रकारसमक्ष सरकारलाई पेश गरिएका मागहरू सार्वजनिक गरेका थिए। ती मागमा भनिएको छ, “नेपाल नेपालीले नै बनाउनुपर्छ, नेपालीले नै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्छ। हिन्दु राज्य पुन:स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्छ।”
मागपत्रमा प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुन: लागू गर्नुपर्ने, निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारीको न्यूनतम तलब एक लाख रुपैयाँ तोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी आर्थिक जोखिम न्यूनीकरण गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, खाडी मुलुकमा जेलमा रहेका करिब सात हजार नेपाली श्रमिकलाई फिर्ता ल्याउनुपर्ने र युवाहरूका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।
अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा पुगेर सो मागपत्र बुझाएको बताइएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: