काठमाडौँ । दुर्गा प्रसाईँले प्रदेश संरचना खारेज गरी पूर्वका पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुन: कायम गर्न सरकारसँग माग गरेका छन्। बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान का प्रतिनिधिहरूले सरकारलाई २७ बुँदे मागपत्र बुझाएका हुन्।
मागपत्र बुझाएपछि अभियानका सदस्यले पत्रकारसमक्ष सरकारलाई पेश गरिएका मागहरू सार्वजनिक गरेका थिए। ती मागमा भनिएको छ, “नेपाल नेपालीले नै बनाउनुपर्छ, नेपालीले नै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्छ। हिन्दु राज्य पुन:स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्छ।”
मागपत्रमा प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुन: लागू गर्नुपर्ने, निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारीको न्यूनतम तलब एक लाख रुपैयाँ तोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी आर्थिक जोखिम न्यूनीकरण गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, खाडी मुलुकमा जेलमा रहेका करिब सात हजार नेपाली श्रमिकलाई फिर्ता ल्याउनुपर्ने र युवाहरूका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।
अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा पुगेर सो मागपत्र बुझाएको बताइएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: