पश्चिम नवलपरासी। मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ । जिल्ला निर्वाचन कार्यालयले कार्यालय समय बाहेक पनि नाम दर्ता गरिरहेको छ । बिहान ८ बजेबाट सुरु भएको नाम दर्ता कार्य अहिले केहीबेर अगाडि मात्रै सकिएको छ ।
भिड बढेकाले दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी करण चौहानले जानकारी दिए।
पछिल्लो चार दिन यता नाम दर्ताको गर्नेको भिड ह्वात्तै बढेको छ । आज मात्रै ३ चार पुरुष र ३ सय सात महिलासहित ६ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हालसम्म १७५४ पुरुष, १३३० महिला र एक जना अन्य गरी तीन हजार ८५ जना नयाँ मतदाता थपिएको चौहानले जानकारी दिए ।
अहिले सबै कर्मचारी नाम दर्ता गर्न खटिएको तर जनशक्ति कम भएकाले भिडभाड बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुजाता खत्रीले बताए। सबै कर्मचारी नामावली सङ्कलनमा खटिएको खत्रीको भनाइ छ ।
फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर असोज १० गतेबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । तर सुरुमा नाम दर्ता गर्न नआएका मतदाताहरू अन्तिम समयमा आउँदा भिड बढेको हो । कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ताको समय तोकिएको छ ।
मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्याका कारण सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ । नवलपरासीमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एक लाख २१ हजार ८६१ पुरुष, एक लाख १९ हजार ६५ महिला र चार जना अन्य गरी कुल दुई लाख ४० हजार ९३० मतदाता रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: