मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा उनले रु एक हजार लगानीबाट यो व्यवसाय सुरु गरेका थिए।
सुरुमा दलित समुदायका ३० घरधुरीले सामूहिक रूपमा च्याङ्ग्रापालन सुरु गरेका थिए, जसअन्तर्गत प्रतिघरधुरीले रु एक हजार तिरेर तीन/तीनवटा माउ (रमा) च्याङ्ग्रा पाएका थिए। तर, सामूहिक पालनमा कठिनाइ र च्याङ्ग्रा हराउने/मर्ने समस्या आएपछि एक वर्ष नबित्दै उनीहरूले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे।
भागबन्डामा दुईवटा च्याङ्ग्रा पाएका पूर्णबहादुरले त्यसमा थप १० वटा च्याङ्ग्रा जोडेर १२ वटाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरे। उनको फार्ममा हाल १३० भन्दा बढी च्याङ्ग्रा छन्। यसै वर्ष मात्र उनले रु ४० हजार मूल्यमा २० वटाभन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए।
च्याङ्ग्रापालनबाट हुने मुख्य आम्दानी मल उत्पादन र पाठापाठी बिक्रीबाट हुने गर्दछ। पूर्णबहादुर बर्सेनि २०० झोपा मल बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गर्छन्। उनी भन्छन्, "मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ।"
जलवायु परिवर्तन र हिउँचितुवा जस्ता वन्यजन्तुको जोखिमका कारण धेरैले यो व्यवसाय छोडे पनि पूर्णबहादुरले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: