Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सडक विभागले यी २२९ ठेक्का तोड्दै

खबरडबली संवाददाता
काठमाडौं । लामो समयसम्म प्रगति नभएका २ सय २९ सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सडक विभागले सुरु गरेको छ।
 
सडक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यी ठेक्काहरूलाई ‘रुग्ण ठेक्का’ को सूचीमा राखिएको हो।
 
हाल देशभरका सडक डिभिजन र योजना कार्यालयहरूले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीहरूलाई आफ्नो प्रगति रिपोर्ट र काम नगरेको कारण पेश गर्न निर्देशन दिएका छन्।
 
केही व्यवसायीहरू सूचना पछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाए पनि, धेरैजना अझै सम्पर्कमा नआएको विभागले जनाएको छ।
 
सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार २०६८ सालदेखि अधूरो रहेका केही ठेक्का अझै सम्पन्न हुन सकेका छैनन्।
 
“केही ठेक्कामा सूचना निकालेपछि काम अघि बढेको छ, तर थुप्रैमा अझै प्रगति छैन,” उनले भने, “चितबुझ्दो कारण नआए कानुनअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइनेछ।”
 
सबैभन्दा धेरै रुग्ण ठेक्का सडक डिभिजन काठमाडौं अन्तर्गत छन् — ५७ वटा।
त्यसपछि तुम्लिङटार ९१७०, जनकपुर ९२१०, इलाम ९१२० र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुर ९१२० ठेक्कामा पनि तोड्ने तयारी भइरहेको छ।
 
सडक विभागले तोड्ने प्रक्रियामा रहेका ठेक्काहरूको कार्यालयगत विवरण यस प्रकार छ:
 
सडक डिभिजन, काठमाडौं - ५७
सडक डिभिजन, जनकपुर - २१
सडक डिभिजन, तुम्लिङटार- १७
सडक डिभिजन, डोटी- १५
सडक डिभिजन, इलाम- १२
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुर-  १२
सडक डिभिजन, सुर्खेत- ७
सडक डिभिजन, हेटौंडा- ७
सडक डिभिजन, साँफेबगर- ६
सडक डिभिजन, हर्कपुर- ६
बबई सिँचाइ आयोजना- ६
सडक डिभिजन, लहान- ६
सडक डिभिजन, चरिकोट- ८
अन्य डिभिजन तथा योजना कार्यालयहरू (बुटवल, नेपालगन्ज, विराटनगर, पाल्पा, पोखरा, गोरखा, आदि) बाँकी
 
सडक विभागका अधिकारीहरूका अनुसार, ठेक्का तोडिएपछि ती आयोजनाको पुन: ठेक्का प्रक्रिया सुरु गरिनेछ।
 
रुग्ण ठेक्काबाट हुने ढिलाइले सडक निर्माण र मर्मत–सम्भार कार्य प्रभावित भएकाले विभागले यसलाई प्राथमिकताका रूपमा व्यवस्थापन गर्न थालेको बताइएको छ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending