Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत, कुन-कुन परे ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सूचीकृत गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सरकार र निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन हुने ऊर्जा विकास, जलविद्युत् उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी आयोजनाहरूलाई यसपटकको सूचिमा समावेश गरिएको हो।

सूचीकृत आयोजनामा लामो समयदेखि विवादमा रहँदै आएको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना समेत परेका छन्। साथै, यसअघि नै राष्ट्रिय गौरवका आयोजनाको रूपमा समेटिएका केही आयोजना पनि नयाँ सूचिमा दोहोरिएका छन्।

मन्त्रालयले सार्वजनिक गरेको सूचि अनुसार निम्न आयोजनाहरू राष्ट्रिय प्राथमिकतामा परेका छन् -

बबई सिँचाइ आयोजना

भेरी–बबई डाइभर्सन आयोजना

सुनकोशी–मरिन डाइभर्सन आयोजना

सिक्टा सिँचाइ आयोजना

महाकाली सिँचाइ आयोजना

रानी जमरा कुलरिया सिँचाइ आयोजना

नौमुरे बहुउद्देश्यीय आयोजना

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना

बागमती सिँचाइ आयोजना

नवीनतम यान्त्रिक सिँचाइ आयोजना

प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना

सुनसरी–मोरङ सिँचाइ आयोजना

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना

बृहत् दाङ उपत्यका सिँचाइ आयोजना

जलस्रोत संरक्षण आयोजना (रुपाताल र धाप बाँध)

कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजना

सरकारका अनुसार यस्ता आयोजना सूचीकृत भएपछि बजेट सुनिश्चितता र कार्यान्वयनमा प्राथमिकता प्रदान गरिनेछ।

यी आयोजनाहरूले कृषि उत्पादन वृद्धि, ऊर्जा सुरक्षा, जलस्रोतको दिगो उपयोग र रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले यो सूचीले देशको समग्र विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार, “यी आयोजना ग्रामीण भेगको कृषि, ऊर्जा र पूर्वाधार विकासमा रूपान्तरणकारी योगदान दिनेछन्।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending