Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

खबरडबली संवाददाता

नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको भ्रमणमा पुगेको छन्। उनले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गरेको छन्। उक्त आयोजना भुटानकै सबैभन्दा ठुलोमध्ये एक हो । यसको उत्पादन क्षमता एक हजार २० मेगावाट रहेको छ ।

कार्बन–नकारात्मक राष्ट्रका रूपमा चिनिएको भुटानले हालका वर्षहरूमा जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको छ । यसले आफ्ना प्रचुर जलस्रोतहरूलाई सदुपयोग गर्दै भारतजस्ता ऊर्जाको उच्च माग भएका देशहरूमा बिजुली निर्यात गरेर ठुलो मात्रामा राजस्व आर्जन गर्दै आएको छ । साथै, देशभित्रको सस्तो र वातावरणमैत्री बिजुलीलाई क्रिप्टोकरेन्सी माइनिङका लागि पनि उपयोग गर्दै आएको छ ।

प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट प्रस्थान गर्नुअघि जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको थियो, “यो भ्रमणले भारत र भुटानबिचको सफल ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्नेछ र हाम्रो सम्बन्धमा अर्को ऐतिहासिक कोसेढुङ्गा थपिनेछ ।”

उनले आफ्नो भ्रमण भुटानसँगको सम्बन्धलाई थप गहिरो बनाउने तथा भारतको ‘छिमेकी पहिले’ नीतिको प्रमुख स्तम्भका रूपमा रहेको पनि उल्लेख गरे।

भारत र भुटानबीचको सम्बन्ध पारस्परिक विश्वास र सहकार्यमा आधारित छ । भुटानको कुल व्यापारमा भारतको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । सन् २०२४–२५ मा दुवै देशबीचको कुल व्यापार करिब एक अर्ब ७८ करोड अमेरिकी डलर पुगेको भारतको वाणिज्य मन्त्रालयले जनाएको छ । नयाँदिल्लीस्थित भुटानी दूतावासका अनुसार भुटानको कुल निर्यातको झण्डै दुई तिहाइ भाग जलविद्युत् निर्यातले ओगटेको छ ।

गत वर्ष भारतले भुटानलाई पेट्रोलियम पदार्थ, फलाम र स्टिल, अन्न तथा स्मार्टफोनलगायतका वस्तुहरू गरी कुल एक अर्ब ३० करोड डलरका सामग्री निर्यात गरेको थियो । सोही अवधिमा भुटानले बिजुली र निर्माण सामग्रीसहित करिब ५१ करोड ३० लाख डलरका वस्तुहरू भारतमा निर्यात गरेको थियो ।

दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल सुदृढ पार्ने लक्ष्यका साथ भारतले गत सेप्टेम्बरमा भुटानका लागि पहिलो सीमापार रेलवे निर्माण गर्ने घोषणा गरेको थियो । यसले दुवै मुलुकबीचको आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ ।

भुटानले विकासको मापनका रूपमा ‘ग्रस नेसनल ह्याप्पीनेस’ (सकल राष्ट्रिय सुख) लाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएको छ । तथापि, ती नीतिहरूले व्यापक बेरोजगारीका चुनौतीहरूलाई पूर्णरूपमा सम्बोधन गर्न नसक्दा हजारौँ युवा रोजगारीका अवसरको खोजीमा देशबाहिर जान बाध्य भएका छन् ।

विश्व बैंकका अनुसार भुटानको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) हाल करिब तीन हजार ७१८ अमेरिकी डलर रहेको छ । यो पहाडी राज्य हाल आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयासमा जुटेको छ । जलविद्युतको प्रचुर स्रोत र चिसो मौसमको फाइदा उठाउँदै भुटानले ठुलो परिमाणका कम्प्युटर फार्महरू स्थापना गरी क्रिप्टोकरेन्सी माइनिङका क्षेत्रमा अग्रसरता लिएको छ ।

राज्य–संरक्षित संस्था ‘ड्रुक होल्डिङ एण्ड इन्भेस्टमेन्ट्स’ ले सन् २०२१–२२ मा करिब ५३ करोड ९० लाख डलर—भुटानको कुल जिडिपीको पाँचौँ भाग बराबर—को लगानीमा क्रिप्टोकरेन्सी सञ्चालन सुरु गरेको थियो । त्यसयता भुटानले ठुलो मात्रामा क्रिप्टो सम्पत्ति आर्जन गरेको बताइए पनि यसको सटीक मूल्य सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री मोदीको यो भ्रमणले भारत–भुटान सम्बन्धलाई अझ मजबुत बनाउने र दुई राष्ट्रसबिचको ऊर्जा, व्यापार तथा प्रविधि सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending