चितवन । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले भरतपुर अस्पतालमा नाराबाजी गरेका छन्।
पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु पछि परिवार र आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
आफन्तहरूले प्रसूति वार्ड अगाडि पुगेर नारा लगाउँदै छानबिन र दोषी चिकित्सकविरुद्ध कारबाहीको माग गरेका छन्।
परिवारका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा गर्भस्थ शिशुको धड्कन नभएको देखिएपछि चिकित्सकले उनलाई नर्मल डेलिभरीको प्रयास गर्ने सल्लाह दिएका थिए।
तर, कात्तिक २२ गते उनको अवस्था बिग्रँदै गएपछि राति करिब ९ बजे आईसीयूमा सारिएको र सोही राति ११:४० बजे मृत्यु भएको आफन्तहरूले बताएका छन्।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा। रामप्रसाद सापकोटा का अनुसार उपचारमा कुनै लापरबाही भएको छैन। उनले भने, “संगीता विकको मृत्यु पल्मोनरी एम्बोलिजम (रगतको थक्का फोक्सोमा पुग्ने अवस्था) का कारण भएको हो।”
तर मृतकका आफन्तहरूले भने, शिशुको धड्कन नभएको पुष्टि भएपछि पनि तात्कालिक शल्यक्रिया (सिजेरियन) नगरेकै कारण संगीताको मृत्यु भएको दाबी गरेका छन्।
अस्पतालले भने पेटभित्रै शिशुको मृत्यु भइसकेकाले आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको स्पष्ट पारेको छ।
डा। सापकोटाका अनुसार, “व्यथा लाग्ने औषधि दिएपछि संगीतालाई अचानक कार्डियाक अरेस्ट भयो। तत्काल सीपीआर दिई आईसीयूमा पुर्याएर बचाउने प्रयास गरिए पनि सफल हुन सकेन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...




प्रतिकृया लेख्नुहोस्: