चितवन । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले भरतपुर अस्पतालमा नाराबाजी गरेका छन्।
पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु पछि परिवार र आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
आफन्तहरूले प्रसूति वार्ड अगाडि पुगेर नारा लगाउँदै छानबिन र दोषी चिकित्सकविरुद्ध कारबाहीको माग गरेका छन्।
परिवारका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा गर्भस्थ शिशुको धड्कन नभएको देखिएपछि चिकित्सकले उनलाई नर्मल डेलिभरीको प्रयास गर्ने सल्लाह दिएका थिए।
तर, कात्तिक २२ गते उनको अवस्था बिग्रँदै गएपछि राति करिब ९ बजे आईसीयूमा सारिएको र सोही राति ११:४० बजे मृत्यु भएको आफन्तहरूले बताएका छन्।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा। रामप्रसाद सापकोटा का अनुसार उपचारमा कुनै लापरबाही भएको छैन। उनले भने, “संगीता विकको मृत्यु पल्मोनरी एम्बोलिजम (रगतको थक्का फोक्सोमा पुग्ने अवस्था) का कारण भएको हो।”
तर मृतकका आफन्तहरूले भने, शिशुको धड्कन नभएको पुष्टि भएपछि पनि तात्कालिक शल्यक्रिया (सिजेरियन) नगरेकै कारण संगीताको मृत्यु भएको दाबी गरेका छन्।
अस्पतालले भने पेटभित्रै शिशुको मृत्यु भइसकेकाले आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको स्पष्ट पारेको छ।
डा। सापकोटाका अनुसार, “व्यथा लाग्ने औषधि दिएपछि संगीतालाई अचानक कार्डियाक अरेस्ट भयो। तत्काल सीपीआर दिई आईसीयूमा पुर्याएर बचाउने प्रयास गरिए पनि सफल हुन सकेन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...
जेष्ठ २७ गते, २०८३ - १६:०३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...
जेष्ठ २७ गते, २०८३ - १५:०२
काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...
जेष्ठ २७ गते, २०८३ - १४:५७
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग प...
जेष्ठ २७ गते, २०८३ - १४:४४
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलहरू छुट्टै छलफलमा जुटेका छन्। रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि साझा धार...
जेष्ठ २७ गते, २०८३ - १४:३४
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...
जेष्ठ २७ गते, २०८३ - १४:२६
काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...
जेष्ठ २७ गते, २०८३ - १४:१४
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १४:१०
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १३:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित संसद्को कार्यव्यवस्था परामर्श हलमा सर्वदलीय बैठक जारी छ।...



प्रतिकृया लेख्नुहोस्: