काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते सुरु गरेको आन्दोलन माइतीघरबाटै खोसिएको बताएका छन्।
आइतबार काठमाडौंमा बसेको राष्ट्रिय युवा सङ्घ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई युवामैत्री भावनाको नाममा खोसाखोस र राजनीतिक हतियार बनाइएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने 'युवाहरूले राम्रा माग राखेर आन्दोलन आह्वान गरेका थिए, तर माइतीघर पुग्नुअघि नै उनीहरूका मुद्दा खोसाखोस भइरहेको थियो।'
उनका अनुसार, माइतीघर मण्डलामा पुग्नुभन्दा पहिले नै आन्दोलनका मूल उद्देश्यहरू कब्जा गर्ने समूहहरू त्यहाँ सक्रिय भइसकेका थिए। ओलीले थपे, 'युवाहरूले जसोतसो आन्दोलन होटल एभरेष्टसम्म पुर्याए, तर त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेट भत्काउने र भिडन्त गर्ने गतिविधि सुरु भयो।'
ओलीले भदौ २४ गते देशभर भएका आगजनी र तोडफोड घटनाहरू आकस्मिक नभई पूर्वयोजना अनुसारका भएको दाबी गरे। उनले भने, '२४ गतेको घटना २३ गतेको प्रतिक्रिया होइन, तयारी थियो। अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाइएको थियो।'
उनका अनुसार, युवाहरूका जायज मागहरूलाई भुईँमा पछार्दै आन्दोलनलाई उग्र रूप दिने उपद्रवी तत्वहरूले स्थिति बिगारेका हुन्।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाउने कोही कालो ज्याकेट लगाउने व्यक्ति नेता बनेको भन्दै आलोचना गरे। उनले भने, 'उनीहरूलाई मन नपर्ने समाचार लेख्ने सञ्चारकर्मीलाई धम्की आउन थालेको छ। यस्तो अवस्थामा सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले नै गर्नुपर्ने अवस्था आएको छ।'
ओलीले प्रहरी र सर्वसाधारण त्रसित भएको भन्दै युवा सङ्घलाई समाजमा विश्वास जगाउने जिम्मेवारी लिन आह्वान गरे।
ओलीले आन्दोलनमा संलग्न केही व्यक्ति युवा भए पनि जिम्मेवार र सङ्गठित नहुने बताए। उनले भने, 'युवाको नाममा प्रतिगमन गरिएको छ। जसले हिंसा र विध्वंस मच्चाए, ती जिम्मेवार युवा होइनन्।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...
माघ १६ गते, २०८२ - १३:१९
मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...
माघ १६ गते, २०८२ - १३:१०
कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...
माघ १६ गते, २०८२ - १२:५८
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...
माघ १६ गते, २०८२ - १२:३४
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...
माघ १६ गते, २०८२ - १२:१९
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...
माघ १६ गते, २०८२ - १२:०९
सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...




प्रतिकृया लेख्नुहोस्: