काठमाडौं। प्रतिनिधिसभा विघटनको अवस्थामा पनि राष्ट्रिय सभा निष्क्रिय नहुने र केही कार्यहरू गर्न सकिने विषयमा राष्ट्रिय सभामा छलफल भएको छ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सदस्य बेदुराम भुसालले प्रतिनिधिसभा नभएको अवस्थामासमेत राष्ट्रिय सभाले गर्न सक्ने आठवटा कामका सुझाव प्रस्तुत गरेका हुन्।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे लगायत समितिका सदस्यहरू र कर्मचारी उपस्थित थिए।
भुसालका अनुसार, कानुन निर्माणका लागि दुवै सभाको उपस्थिती आवश्यक भए पनि प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाले अन्य महत्वपूर्ण कार्यहरू गर्न सक्छ।
राष्ट्रिय सभाले गर्न सक्ने ८ काम बेदुराम भुसालका सुझाव
- कानुन कार्यान्वयनको मापन गर्न सकिने — जसले सरकारको कामकाज मूल्याङ्कनमा सहयोग पुर्याउँछ।
- विभिन्न विषयमा स्थलगत अनुगमन गर्न सकिने, तर त्यस क्रममा सावधानी अपनाउनुपर्ने।
- राष्ट्रिय महत्त्वका विषयहरू पहिचान गरी छलफल गर्न सकिने।
- अधिवेशन आह्वान भएपछि मन्त्रीहरू तयार भएको अवस्थामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सकिने।
- सरकार बनेपछि विधेयकहरूमा प्रारम्भिक छलफल गरी तयारी पारित गर्न सकिने, जसलाई नयाँ प्रतिनिधिसभामा पठाउन सकिन्छ।
- संकल्प प्रस्ताव वा सार्वजनिक महत्त्वका प्रस्तावहरू पेस गरी छलफल गर्न सकिने।
- विभिन्न अध्ययन प्रतिवेदनमाथि छलफल गर्न सकिने।
- संसदीय समितिहरूका वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्न सकिने।
भुसालले प्रतिनिधिसभा नभएको अवस्थामासमेत राष्ट्रिय सभा “निष्क्रिय नभई प्रभावकारी” बन्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “राष्ट्रिय सभा स्थायी संस्थान भएकाले प्रतिनिधिसभा नभए पनि त्यसको गतिविधि अर्थपूर्ण रूपमा अघि बढ्न सक्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: