Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

राजनीतिक अव्यवस्था र आर्थिक स्थायित्वबीच सरकारको दोहोरो परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । ‘जेन–जी आन्दोलन’पश्चातको अस्थिरताबाट देशको आर्थिक क्षेत्र अझै उकासिन खोजिरहेको छ । आन्दोलनको आवेग र त्यसपछि देखिएको राज्यसत्ताको शिथिलताले उद्योग–व्यवसाय तहस–नहस बनाएको पृष्ठभूमिमा प्रधानमन्त्री सुशीला कार्कीले निजीक्षेत्रप्रति प्रत्यक्ष आश्वासन दिएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’   र्यक्रममा उनले भनिन् “राज्यविहीनताको अवसर लिएर केही उच्छृङ्खल समूहले उद्योग र व्यापारिक क्षेत्रमाथि गरेको क्षति अस्वीकार्य छ । सरकार त्यसको क्षतिपूर्तिका लागि कुनै प्रयास बाँकी राख्दैन ।”

कार्कीले सुशासनलाई आर्थिक पुनर्निर्माणको मेरुदण्ड ठहर गर्दै भनिन्  “कानुनको शासन बिना कुनै मुलुकमा सामाजिक न्याय र दिगो विकास सम्भव हुँदैन ।” उनले निजीक्षेत्रको सुरक्षा र विश्वास पुनःस्थापना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेको बताइन् ।

राज्यका सम्पत्तिमाथि राजनीतिक आवरणमा हुने दोहन र निजीक्षेत्रमाथि लगाइने ‘शङ्का र नियन्त्रणको संस्कृतिप्रति’ उनले प्रत्यक्ष असन्तोष जनाइन् । उनको भनाइमा, “राज्य र निजीक्षेत्रबीचको साझेदारी बिना आर्थिक पुनरुत्थान सम्भव छैन ।”

प्रधानमन्त्री कार्कीले नेपाल राष्ट्र बैंकमार्फत वित्तीय स्थिरता कायम गर्न कडा कदम चालिएको बताइन् । ब्याजदर, तरलता र नियामक संयन्त्रमा देखिएका असन्तुलन हटाउन बैंकिंग क्षेत्र पुनर्संरचना भइरहेको उनको दाबी थियो । उनले व्यवसाय अनुकूल नीतिगत जटिलता हटाउने कार्यलाई सरकारको प्राथमिक एजेन्डा बताइन् ।  “व्यवसायीको आत्मबल पुनर्जागृत गर्न हामीले नीतिगत र कानुनी अड्चनहरू फुकाल्दै लगेका छौं ,” उनले भनिन् ।

कार्यक्रममा सहभागी अन्य मन्त्री र अधिकारीले पनि समान सन्देश दिए ‘सरकार र निजीक्षेत्र मिलेर मात्र आर्थिक आत्मनिर्भरता सम्भव छ।’ अर्थमन्त्री डा. रामेश्वर खनालले भने, “जेन–जी आन्दोलनपछि विग्रिएको निजीक्षेत्र पुनर्स्थापनामा सरकारले पहिलो दिनदेखि नै काम थालेको छ ।” कर प्रशासनलाई विकेन्द्रीकरण गर्दै लगिएको उनले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “नागरिक र उद्योगी–व्यवसायी दुवैलाई सुरक्षाको प्रत्याभूति दिन राज्य संवेदनशील छ ।” त्यस्तै उद्योगमन्त्री अनिलकुमार सिन्हाले कानुनी अवरोध हटाउने र लगानीमैत्री नीति बनाउने तयारी भइरहेको बताए ।

मुख्यसचिव एकनारायण अर्यालले रोजगारी सिर्जनालाई दिगो आर्थिक रणनीतिको केन्द्र बनाइनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भने, “उच्च मनोबलका साथ अघि बढ्न निजीक्षेत्र तयार हुनुपर्छ  बैंक प्रणाली स्थिर छ ।”


निजीक्षेत्रका प्रतिनिधिहरूले कार्यक्रममै स्पष्ट सन्देश दिए “सरकारले बोल्ने होइन, व्यवहारमा विश्वास दिलाओस्।” उनीहरूले व्यवसायीमैत्री ऐन, प्रशासनिक सरलीकरण र लगानी–सुरक्षा सुनिश्चित गर्न आग्रह गरे ।

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति आर्थिक संकटपछि राजनीतिक स्थायित्व र सुशासनलाई एकै साथ सन्तुलनमा ल्याउने प्रयासको रूपमा देखिन्छ । आन्दोलनले खोलेको राज्यसत्ताको रिक्तता र अविश्वासको चक्रबाट बाहिर निस्कन अहिलेको प्रमुख एजेन्डा विश्वास, नीति–सुधार र कानुनी शासन नै हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending