Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजनीतिक अव्यवस्था र आर्थिक स्थायित्वबीच सरकारको दोहोरो परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । ‘जेन–जी आन्दोलन’पश्चातको अस्थिरताबाट देशको आर्थिक क्षेत्र अझै उकासिन खोजिरहेको छ । आन्दोलनको आवेग र त्यसपछि देखिएको राज्यसत्ताको शिथिलताले उद्योग–व्यवसाय तहस–नहस बनाएको पृष्ठभूमिमा प्रधानमन्त्री सुशीला कार्कीले निजीक्षेत्रप्रति प्रत्यक्ष आश्वासन दिएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’   र्यक्रममा उनले भनिन् “राज्यविहीनताको अवसर लिएर केही उच्छृङ्खल समूहले उद्योग र व्यापारिक क्षेत्रमाथि गरेको क्षति अस्वीकार्य छ । सरकार त्यसको क्षतिपूर्तिका लागि कुनै प्रयास बाँकी राख्दैन ।”

कार्कीले सुशासनलाई आर्थिक पुनर्निर्माणको मेरुदण्ड ठहर गर्दै भनिन्  “कानुनको शासन बिना कुनै मुलुकमा सामाजिक न्याय र दिगो विकास सम्भव हुँदैन ।” उनले निजीक्षेत्रको सुरक्षा र विश्वास पुनःस्थापना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेको बताइन् ।

राज्यका सम्पत्तिमाथि राजनीतिक आवरणमा हुने दोहन र निजीक्षेत्रमाथि लगाइने ‘शङ्का र नियन्त्रणको संस्कृतिप्रति’ उनले प्रत्यक्ष असन्तोष जनाइन् । उनको भनाइमा, “राज्य र निजीक्षेत्रबीचको साझेदारी बिना आर्थिक पुनरुत्थान सम्भव छैन ।”

प्रधानमन्त्री कार्कीले नेपाल राष्ट्र बैंकमार्फत वित्तीय स्थिरता कायम गर्न कडा कदम चालिएको बताइन् । ब्याजदर, तरलता र नियामक संयन्त्रमा देखिएका असन्तुलन हटाउन बैंकिंग क्षेत्र पुनर्संरचना भइरहेको उनको दाबी थियो । उनले व्यवसाय अनुकूल नीतिगत जटिलता हटाउने कार्यलाई सरकारको प्राथमिक एजेन्डा बताइन् ।  “व्यवसायीको आत्मबल पुनर्जागृत गर्न हामीले नीतिगत र कानुनी अड्चनहरू फुकाल्दै लगेका छौं ,” उनले भनिन् ।

कार्यक्रममा सहभागी अन्य मन्त्री र अधिकारीले पनि समान सन्देश दिए ‘सरकार र निजीक्षेत्र मिलेर मात्र आर्थिक आत्मनिर्भरता सम्भव छ।’ अर्थमन्त्री डा. रामेश्वर खनालले भने, “जेन–जी आन्दोलनपछि विग्रिएको निजीक्षेत्र पुनर्स्थापनामा सरकारले पहिलो दिनदेखि नै काम थालेको छ ।” कर प्रशासनलाई विकेन्द्रीकरण गर्दै लगिएको उनले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “नागरिक र उद्योगी–व्यवसायी दुवैलाई सुरक्षाको प्रत्याभूति दिन राज्य संवेदनशील छ ।” त्यस्तै उद्योगमन्त्री अनिलकुमार सिन्हाले कानुनी अवरोध हटाउने र लगानीमैत्री नीति बनाउने तयारी भइरहेको बताए ।

मुख्यसचिव एकनारायण अर्यालले रोजगारी सिर्जनालाई दिगो आर्थिक रणनीतिको केन्द्र बनाइनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भने, “उच्च मनोबलका साथ अघि बढ्न निजीक्षेत्र तयार हुनुपर्छ  बैंक प्रणाली स्थिर छ ।”


निजीक्षेत्रका प्रतिनिधिहरूले कार्यक्रममै स्पष्ट सन्देश दिए “सरकारले बोल्ने होइन, व्यवहारमा विश्वास दिलाओस्।” उनीहरूले व्यवसायीमैत्री ऐन, प्रशासनिक सरलीकरण र लगानी–सुरक्षा सुनिश्चित गर्न आग्रह गरे ।

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति आर्थिक संकटपछि राजनीतिक स्थायित्व र सुशासनलाई एकै साथ सन्तुलनमा ल्याउने प्रयासको रूपमा देखिन्छ । आन्दोलनले खोलेको राज्यसत्ताको रिक्तता र अविश्वासको चक्रबाट बाहिर निस्कन अहिलेको प्रमुख एजेन्डा विश्वास, नीति–सुधार र कानुनी शासन नै हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: