Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कार्की नेतृत्वको सरकार असंवैधानिक, प्रगिगामी र हाहुको भरमा बनेको सरकार हो: ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले कार्कीले संविधान मिचेर प्रधानमन्त्री भएको आरोप लगाए। उनले भने, “असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन। मानव अधिकार आयोगबाहेक कुनै जागिरमा पनि मिल्दैन। पूर्व प्रधानन्यायाधीश आफैंले संविधान मिचेर प्रधानमन्त्री बन्ने तयारी गरेको यो असंवैधानिक, प्रगतिविरोधी, हाहुको भरमा बनेको सरकार हो।”

ओलीले डिस्कर्डमार्फत प्रधानमन्त्री चयन भएको र त्यसरी मत गणना गरिएकोप्रति पनि प्रश्न उठाए। उनले भने,
“२–३ हजार मानिस मात्र डिस्कर्डमा भोटिङमा सहभागी भए, मतपत्र कस्तो थियो, रेजा लाग्यो कि प्वाल पारियो, अमेरिकाजस्तो भयो कि भएन, यस्ता हावाको भरमा बनेको हाहुको सरकार।”

उनले ज्ञानेन्द्र शासनविरुद्धको संघर्षमा आएको एमालेले हालको अराजकता र आगजनीको बलमा बनेको सरकारसँग नझुक्ने पनि बताए। “२४ गतेको आगजनी र तोडफोडबाट बनेको सरकार संविधान, जनअनुमोदन, लोकतन्त्र, संसद र प्रतिनिधिसभासँग मेल खाँदैन। यो वैरभाव, प्रतिगमनकारी, कमजोर र जनसमर्थनविहीन सरकार हो। हाहुमा आगो लगाएको, लुटपाट गरेको, अराजकता फैलाएको भरमा बनेको सरकार हो।”

ओलीले वर्तमान सरकारलाई इतिहास, परम्परा र जनसमर्थनको आधारविहीन भन्दै प्रतिगमनकारी बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending