काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर राज्यले राजनीतिक प्रतिशोध गरेको दाबी गरेको छ।
चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाले लामिछानेविरुद्धको अभियोग नियोजित र प्रतिशोधपूर्ण रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा छ तथ्य विशेष गरी जोडिएका छन्:
संसदीय छानबिन विशेष समितिको सिफारिस बाइपास गर्दै मुद्दा दर्ता: अन्य १४ वटा सिफारिस सामान्य रूपमा कार्यान्वयन भए पनि लामिछानेविरुद्धको सिफारिस पहिलोपटक क्याबिनेटबाट अनुमोदन गराएर लागू गरिएको।
अनुसन्धानको श्रृंखला: सुरुमा सहकारी ठगी, त्यसपछि ६० दिन थुनामा राखेर संगठित अपराध, अनि ९० दिन थुनामा राखेर सांसद पद निलम्बन गराउन सम्पत्ति शुद्धीकरणको अभियोग।
अनुसन्धानको राजनीतिक नियन्त्रण: अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट नगराई जिल्ला स्तरमा गरियो, जसलाई रास्वपाले राजनीतिक प्रतिशोधको प्रमाण भनेको छ।
अन्य राजनीतिक व्यक्तिसँग भिन्न व्यवहार: कांग्रेस सांसद माया राई, उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलकी पत्नीलाई सामान्य सोधपुछ वा सहजै उन्मुक्ति दिइए पनि लामिछानेमाथि कठोर व्यवहार।
कानुनी हदम्याद नाघाएर मुद्दा दर्ता: सहकारी ऐनअनुसार ९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने भए पनि कास्कीमा समय नाघेपछि मात्र दर्ता।
थुनामै ज्यादतीपूर्ण व्यवहार: उच्च अदालतले थुनामा पठाउने निर्णय गरेको केही मिनेटमै प्रहरीले घर पुगेर ‘अन्तिम इच्छा’ सोध्ने, फरक व्यहोरा देखाउँदै कानूनी शासनको उपहास।
रास्वपाले यी तथ्य प्रस्तुत गर्दै लामिछानेमाथि र पार्टीविरुद्धको समग्र षड्यन्त्रप्रति सचेत रहन र यसको राजनीतिक तथा कानुनी प्रतिवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल, सभापति लामिछाने सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: