Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

२२ वर्षपछि फेरि सुरू भएको शंकर पोखरेलको डेराजीवन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा विध्वंसकारीको आगजनीले निवासविहीन भएका बिहीबार राति लामो भावुक स्टाटस पोस्ट गरेका छन्।

२२ वर्षपछि बिहीबारबाटै डेराको जीवन सुरु गरेको भन्दै आफ्नो व्यक्तित्वलाई आदर्शको परीक्षामा होम्न तयार रहेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा राखेको स्ट्याटस

२०३७ सालमा शिक्षाका लागि सुरू भएको डेरावास २०६० सालसम्म निरन्तर रह्यो। डेराको बसाइ र घरबेटीसँगका सम्बन्धका मीठा–तीता अनुभव मैले पनि अरू डेरावालहरूले झैं गरेको छु। आज ती सन्दर्भको सम्झना गर्दा रमाइलो अनुभूति हुन्छ ।

अमेरिकामा डिभी परेर जानुभएकी सुजिताकी दिदीले किन्नुभएको चार आनाको घडेरी बैनीलाई दिनुभयो। पैतृ सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाउनुभएको रकमले त्यहीँ घर बनायौं। जेन्जी आन्दोलनसम्म काठमाडौंको आफ्नै घरमा बसिरहेका थियौं। दाङको बिजौरीस्थित पैतृक सम्पत्तिको अंशवण्डापछि प्राप्त नगद र जग्गा बिक्रीबाट आएको रकमले त्यहाँ पनि घर बनाएका थियौं। त्यो घर नयाँ प्रविधि आधारित इको प्यानलको थियो। तराई क्षेत्रका लागि लू र शीतलहरमा उपयोगी हुने प्रविधिलाई प्रयोग गरी उक्त घर बनाएका थियौं।

तर २४ गतेको लुटपाट र आगजनीमा दुबै घर पूर्ण रूपमा क्षतिग्रस्त भए। हामी दुबैजना (सुजिता र मेरो) ५०– ५५ वर्षको शैक्षिक, राजनीतिक र सामाजिक जीवनसँग जोडिएका सम्पूर्ण कागजात, सामग्री र सम्झनाहरू खरानी बने। दुई छोरीहरूले प्रयोग गरेका लत्ताकपडा सहितका अध्ययन सामग्रीहरू जलेर नष्ट भए। २४ गतेको विध्वंशात्मक घटनामा, घरविहीन भएपछि झन्डै अढाई महिनासम्म साथीहरूको आतिथ्यतामा बसियो। हिजोदेखि एउटा फ्ल्याटमा भाडाको बसाई सुरु भएको छ। यसबीचमा न्यानो साथ र सहयोग दिनुहुने सम्पूर्ण मित्रहरू र वहाँहरुका परिवारजनप्रति हामी सधैं कृतज्ञ र आभारी रहनेछौं।

Ncell
यतिबेला यो प्रसंग कोट्याउनुको अर्थ हामी घरबाट डेरामा बसाई सर्नुपरेको पीडा पोख्न होइन। हाम्रो घरमा भएको आगजनी र लुटपाटलाई ‘भ्रष्टाचारविरोधी अभियान’ सँग जोडिन पुगेका कारणले केही कुरा स्पष्ट पार्न आवश्यक ठानेको छु। म जन्मिएको परिवार एक समय दाङकै सम्पन्न परिवारमध्ये पथ्र्यो। तर हामी हुर्किएको परिवेश भने ग्रामीण क्षेत्रको मध्यमवर्गीय परिवेश हो। हाम्रो परिवारको सामाजिक प्रतिष्ठा विगतदेखि नै निकै राम्रो मानिन्थ्यो। मेरो ठूलो दाजु देवी पोखरेल, उहाँको गत वर्ष असामयिक निधन भयो।

उहाँको जीवनशैली प्रगतिशील आचरण, सामाजिक जागरण र अन्य  व्यवहारिक आदर्शलाई सम्झनेहरू अहिले पनि  निकै धेरै छन्। अहिलेको संस्कृत विश्वविद्यालयसहितका हजारौं बिघा जग्गाको सबैभन्दा ठूलो दाता मेरो हजुरआमा (बजै) र बुबा हुनुहुन्थ्यो। हाम्रो परिवारले मात्र शिक्षा र समाजसेवाका लागि करिब ३०० विघा जग्गा दान गरेको थियो  त्यही दानवीर हजुरआमाको संरक्षणमा हुर्किएको परिवार हो हाम्रो। हामी सबै दाजुभाई दिदीबहिनीहरूको जीवनमा त्यसको निकै गहिरो प्रभाव छ।

दाजु देवी पोखरेल, म र मेरी बहिनी मेनका राजनीतिमा सक्रिय हुँदा पनि हाम्रो परिवारसँग करिब ४० विघा जमिन बाँकी थियो। तर त्यही जग्गाको बिक्रीबाट नै हाम्रो शैक्षिक र सामाजिक कामको जोहो हुने गथ्र्यो। आमाको देहावसानपछि हाम्रो परिवारको संयुक्त स्वामित्वमा करिब १५ बिघा जति जमिन बाँकी थियो। जबकी त्यतिबेलासम्म म सांसद र मन्त्री समेत भइसकेको थिएँ। तीन दाजुभाई बीचको अंशवण्डापछि अहिले हाम्रो नाममा करिब चार बिघा पैतृक जग्गा छ, जसमा काठमाडौं र दाङमा दुईवटा घर रहेका थिए। ती घर मात्र थिएनन्  भावनात्मक मूल्य सहितको असीमित गौरवको विषय थिए।

अहिले ती दुबै घर बस्न अयोग्य खण्डहरको अवस्थामा छन्। कति लुटिए र कति जले भनेर छुट्याउन सकिने अवस्था पनि छैन। जलेको  खरानी मात्र बचेको कारणले ती सबै जलेको ठानेका छौं। लुटेर लगेकाहरूले सुदपयोग गरेकै होलान्। अव त्यसको खोजी गर्नु पनि छैन। अपराध नियन्त्रण राज्यको कर्तव्य हो। त्यसले आवश्यक ठाने केही गर्ला नै  तोडफोड, लुटपाट र आजगनी सामान्य विषय होइन। यो त राष्ट्र, राज्य र लोकतन्त्रलाई कमजोर बनाउने भू–राजनीतिक चाल थियो। तर हाम्रा सामाजिक संजालमा लत बसेका नवयुवाहरूती षडयन्त्रलाई बुझ्न नसकी बन्द गरिएको नाममा आक्रोस पोख्न उद्यत भए। त्यसमा देशभित्रका अनेक स्वार्थी तत्वरू र आपराधिक समूह मिसिए। आज सबैलाई त्यो अनुभूति भइरहेको छ। अझै पनि अनुभूति नभएकाहरूलाई भविष्यमा हुने नै छ। 

तर जेन्जीका नाममा सुरू भएको आन्दोलनका सुरूका माग भने नाजायज थिएनन्। हाम्रो पार्टी र सरकार ती नवयुवाहरूको माग र भावनाको पक्षमा रहँदै आएको छ। तर उनीहरूका माग न सरकार समक्ष प्रस्तुत गरिएको थियो। न त त्यसको प्रत्यक्ष र स्वीकार्य नेतृत्व नै अघि आएको थियो।

तर हाम्रा नवयुवाहरुको भावना र आकांक्षामा खेल्ने योजनाका साथ स्वार्थी तत्व सुरूदेखि नै सक्रिय रह्यो। त्यसले दुई दिनको छोटो समयमै सिंगो मुलुक गौरव र सामथ्र्यलाई असाधारण रूपमा क्षति पुर्‍याउने काम गरे। मुलुकलाई राज्यविहीनताको कहाली लाग्दो अवस्थामा पुर्‍याए। त्यही क्रममा केही स्वार्थी  र कुण्ठाग्रस्त व्यक्तिहरू र अपराधिक चरित्रका व्यक्तिहरूको उक्साहट र सहभागितामा हाम्रो घर समेत जलाइयो र लुटपाट गरियो। त्यहाँ आउनेहरू केही योजनाबद्ध थिए। केही भावनामा बहकिएर आएका थिए होलान्। म यस क्षतिलाई पनि म राजनीतिक संघर्ष कै एउटा पाटोका रूपमा बुझ्दछु।

सुशासनको पक्षमा र भ्रष्टाचार विरोधमा म र मेरो परिवार सधैं पारदर्शिता र उत्तरदायित्वका पक्षमा उभिँदै आएका छौं। पहिलो पटक प्रतिनिधिसभा सदस्य हुँदा, ‘प्राडो–पजेरो संस्कृतिको’ गलत परम्परा सुरू भएको थियो। त्यतिबेला म ती सुविधाविरुद्ध खुलेर उभिएको थिए। प्रायः सबैले लाखौं मूल्यको गाडी सुविधा लिँदा मैले त्यसलाई अस्वीकार गरेको थिए। सांसदका रूपमा धेरैले उपचार खर्चमा राज्यको लाखौं रुपैयाँ लिँदा पनि मैले गम्भीर बिरामी हुँदा समेत कुनै सुविधा लिइनँ।

मुख्यमन्त्री हुँदा तीन वर्षभन्दा बढी समयसम्म भ्रमणमा प्रायः सरकारी गेस्टहाउस मै बसेँ। विशेष सुविधा वा भत्ता लिइनँ। मेरो कार्यकालमा लुम्बिनी प्रदेशको पुँजीगत खर्च तेस्रो वर्षमा १०० प्रतिशत रह्यो। मैले सम्हालेको मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयको बेरुजु म रहदासम्म शून्य थियो।

मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययीताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरे तर भ्रस्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो। यसका बाबजुद म जेनजीका नाममा सक्रिय नवयुवाहरूको भावनालाई सम्मान नै गर्दछु। त्यसको आवरणमा भएको अपराधको भने चरम घृणा गर्दछु।

म जेनजी अभियानका नाममा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहनु भएका नव युवाहरूलाई भन्न चाहन्छु। तपाईंहरूको आदर्शको मापदण्डमा कोही छन् भने म आफैलाई तीसँग परीक्षणमा लैजान तयार छु।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending