काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन–जी विद्रोहले अहङ्कारी सरकार ध्वस्त पारेकोमा खुशी व्यक्त गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘खबरदारी’ कार्यक्रममा विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम जेन–जीले गरेकोमा धन्यवादी टिप्पणी गरेका थिए।
उनले भने, “अहङ्कारी सत्ता र संसद् दलालहरूको सत्तालाई ध्वस्त पारेकोमा धन्यवाद दिन चाहन्छु। हाम्रो आवाजलाई बेवास्ता गरियो र नेपालको संसद्लाई दलालहरूको स्वार्थमा प्रयोग गरियो — जुन इतिहासमा कहिल्यै नमेटिने किसिमले राष्ट्रघात हो।”
विप्लवले भ्रष्टाचार र दलालीका कारण देशभर अन्याय र असमानता फैलिएको भन्दै सरकारले ठेक्का–पट्टा र लुटपाटमा संलग्न रहेको आरोप लगाए। “हामीले त्यो पार लगाउन सकेनौँस सरकारले राज्यको बल र डण्डा प्रयोग गरेर दमन गर्यो। जेन–जीको विस्फोटले अहङ्कारयुक्त सरकारलाई ढाल्यो,” उनले थपे।
जनयुद्धमा रगत बगाएका व्यक्ति तथा शहीदप्रति गरिएको अपमानप्रति विप्लवले आफ्नो आक्रोश व्यक्त गरे। उनले भने कि संविधानमा गणतन्त्र लेखिएको भए तापनि ‘जनताको संविधान’ लेखिएको छैन।
पूर्वकालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाजलाई दबाउन प्रतिबन्ध लगाएको भन्दै विप्लवले आफूहरूलाई पनि राजनीतिक रूपमा लक्षित गरिएको बताए।
“हाम्रो लक्ष्य संविधानलाई पूर्णता दिनु र जनजाति, मधेसी र महिलाहरूलाई हक अधिकार दिलाउनु थियो। न्यायका लागि आवाज उठाउनुको साटो कम्युनिस्ट सरकार र पार्टीहरूले हामीमाथि दुई वर्षसम्म प्रतिबन्ध लगायो,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: