Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कार्यवाहक राष्ट्रपति र कोरियाली राजदूतबीच भेट, श्रम गर्ने जानेको सङ्ख्या बढाउन कोरिया तयार

खबरडबली संवाददाता

काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा नेपालमा नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोराएको छन् । उनले आगामी २०८२ फागुन २१ ९५ मार्च २०२६० मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताए। 

उहाँले नेपाल–कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताए।

कोरियाली सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराएको भन्दै उहाँले आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यवाहक राष्ट्रपति यादवले कोरियाली सरकारप्रति इपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै कोरियासँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट पारे ।  

उनले कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषत: पदयात्रा र पर्वतारोहण जस्ता क्षेत्रहरूमा, उल्लेखनीय रहेको बताउँदै धार्मिक र सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरे।

राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छन् । उनले ‘जेनजी’ को माग बमोजिम बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको उल्लेख गर्दै अगामी चुनावका लागि सहयोग र शुभकामना व्यक्त गरे। 

‘विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, आईटीको क्षेत्रमा सहयोग गर्दै आएको छ’ राजदूत योङ्गले भने, ‘‘रोजगारको सिलसिलामा कोरिया जाने नेपालीको सङ्ख्या बढाउन आफ्नो मुलुकको तयार छ।’’ 

उनले धेरै कोरियाली कम्पनीहरु नेपाल आउन ईच्छुक रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पादक: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending