काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय मन्त्री’ को संज्ञा दिएका छन्।
गुरुङले जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि गरिएको दमनका जिम्मेवारहरूलाई कारबाही नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भन्ने सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। शहीदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।”
गुरुङले गृहमन्त्री अर्यालप्रति अब कुनै आशा बाँकी नरहेको बताएका छन्।
उनका अनुसार जेनजी आन्दोलनको उद्देश्य आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्न खोज्ने होइन, बरु जनता र जेनजीका माग सम्बोधन गराउनका लागि भएको हो। उनले चेतावनी दिँदै भनेका छन्, “चुनावको नाटक नचलोस्। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन नभए यसपालिको चुनाव हुन दिइने छैन।”
प्रधानमन्त्री सुशीला कार्कीको “प्रिय पात्र” बनेर गृहमन्त्रीको कुर्सीमा बस्न नपाइने चेतावनी पनि गुरुङले दिएका छन्।
“अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको राजनीतिक भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी टिक्ने सोच्नु तपाईंको भ्रम हो,” उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: