Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

जेनजी आन्दोलनमा आपराधिक कार्यमा संलग्न विरुद्ध किटानी जाहेरी

खबरडबली संवाददाता

नवलपुरभदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् । 

मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा पुगेको जनप्रतिनिधिहरूको टोलीले प्रहरी प्रमुख युवराज खड्का समक्ष जाहेरी बुझाएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, मध्यविन्दु उपप्रमुख पूर्णकला चौधरीसहित वडाध्यक्षहरू, सदस्यहरू तथा सामाजिक अगुवा सहितको टोलीले संयुक्त रूपमा जोहरी बुझाएको हो। 

मध्यविन्दु नगर प्रमुख अधिकारीले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा अराजक समूह, उद्दण्ड र केही व्यक्तिहरूले राजनैतिक प्रतिशोध साँधेर सरकारी कार्यालय र निजी सम्पत्ति माथि आगजनी तोडफोड र लुटपाट मच्चाउने काम भएको हुँदा यस्ता गतिविधि कुनै आन्दोलन नभई हिंसा रहेको भन्दै यथाशीघ्र त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। 

आन्दोलनका क्रममा भएका अमानवीय र आपराधिक क्रियाकलापले जनप्रतिनिधि मात्रै होइन प्रहरी, प्रशासन समेतको मनोबल गिरेको अहिलेको अवस्थामा यदि त्यस्ता आपराधिक काममा संलग्नलाई कारबाही नगरी मौन बसेमा स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्ने र प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसक्ने हुँदा सही ढङ्गबाट अनुसन्धान गरी प्रमाण पुगेकालाई कानुन बमोजिम कारबाही गर्न नगर प्रमुख अधिकारीले अनुरोध गरे। 

जाहेरी बुझेपछि प्रहरी प्रमुख युवराज खड्काले अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्कन नसक्ने भन्दै प्रचलित कानुन बमोजिम कारबाही हुने बताए। उनले जाहेरीका अनुसन्धान सुरु गरी प्रत्यक्ष संलग्नलाई कारबाही गर्ने बताए।

अनुसन्धानका लागि अहिले किटानी जाहेरी परेकाहरूकोे  नाम , ठेगाना गोप्य राखिएको छ ।  अनुसन्धानमा बाधा पुग्ने भएकाले अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख खड्काले बताएको छन् । 

घरमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूको फोटो, भिडियो, सामाजिक सञ्जालका स्टाटस लगायतका प्रमाणसहित किटानी जाहेरी दिइएको मध्यविन्दु नगर प्रमुख अधिकारीले बताए। आपराधिक कार्यमा  प्रत्यक्ष संलग्न रहेका र उनीहरूलाई सघाउने ,उक्साउने  लगायत सबैलाई कारबाहीको माग गरेर किटानी जाहेरी बुझाएको अधिकारीले जानकारी दिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मुस्ताङमा एक तिर्थालुको ज्यान गयो

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...

झापामा तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली सबै खतरामुक्त

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending