नवलपुर। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् ।
मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा पुगेको जनप्रतिनिधिहरूको टोलीले प्रहरी प्रमुख युवराज खड्का समक्ष जाहेरी बुझाएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, मध्यविन्दु उपप्रमुख पूर्णकला चौधरीसहित वडाध्यक्षहरू, सदस्यहरू तथा सामाजिक अगुवा सहितको टोलीले संयुक्त रूपमा जोहरी बुझाएको हो।
मध्यविन्दु नगर प्रमुख अधिकारीले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा अराजक समूह, उद्दण्ड र केही व्यक्तिहरूले राजनैतिक प्रतिशोध साँधेर सरकारी कार्यालय र निजी सम्पत्ति माथि आगजनी तोडफोड र लुटपाट मच्चाउने काम भएको हुँदा यस्ता गतिविधि कुनै आन्दोलन नभई हिंसा रहेको भन्दै यथाशीघ्र त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
आन्दोलनका क्रममा भएका अमानवीय र आपराधिक क्रियाकलापले जनप्रतिनिधि मात्रै होइन प्रहरी, प्रशासन समेतको मनोबल गिरेको अहिलेको अवस्थामा यदि त्यस्ता आपराधिक काममा संलग्नलाई कारबाही नगरी मौन बसेमा स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्ने र प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसक्ने हुँदा सही ढङ्गबाट अनुसन्धान गरी प्रमाण पुगेकालाई कानुन बमोजिम कारबाही गर्न नगर प्रमुख अधिकारीले अनुरोध गरे।
जाहेरी बुझेपछि प्रहरी प्रमुख युवराज खड्काले अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्कन नसक्ने भन्दै प्रचलित कानुन बमोजिम कारबाही हुने बताए। उनले जाहेरीका अनुसन्धान सुरु गरी प्रत्यक्ष संलग्नलाई कारबाही गर्ने बताए।
अनुसन्धानका लागि अहिले किटानी जाहेरी परेकाहरूकोे नाम , ठेगाना गोप्य राखिएको छ । अनुसन्धानमा बाधा पुग्ने भएकाले अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख खड्काले बताएको छन् ।
घरमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूको फोटो, भिडियो, सामाजिक सञ्जालका स्टाटस लगायतका प्रमाणसहित किटानी जाहेरी दिइएको मध्यविन्दु नगर प्रमुख अधिकारीले बताए। आपराधिक कार्यमा प्रत्यक्ष संलग्न रहेका र उनीहरूलाई सघाउने ,उक्साउने लगायत सबैलाई कारबाहीको माग गरेर किटानी जाहेरी बुझाएको अधिकारीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: