Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सिंगापुरबाट देउवाको निर्देशन : विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनतर्फ अघि बढ्नू

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूलाई विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन्।

विशेष महाधिवेशनको मागसहित करिब २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरयुक्त पत्र बुझाएपछि देउवाले सिंगापुरबाटै सो निर्देशन दिएका हुन्।

गत आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशनको मिति तय गर्ने विषयमा मतभेद बढेपछि स्थगित भएको थियो। त्यसपछिको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक छलफलमा कार्यवाहक सभापति खड्काले देउवाको निर्देशन सुनाएका थिए।

एक सहभागी नेताका अनुसार देउवाले सहमहामन्त्री किशोरसिंह राठोर लगायत आफ्ना निकट पदाधिकारीहरूलाई पनि टेलिफोनमार्फत विशेष महाधिवेशन नगरी सहमतिको आधारमा नियमित महाधिवेशनतर्फ अघि बढ्न सुझाएका थिए।

देउवा हाल उपचारका क्रममा श्रीमती डा। आरजु राणा देउवासँगै कात्तिक १० गते सिंगापुर गएका हुन्। उनी भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा कुटपिटका क्रममा घाइते भएपछि करिब एक महिना सैनिक अस्पतालमा उपचाररत थिए। असोज २८ गते पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै उनले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पेका थिए।

यसबीच पार्टीभित्र नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद कायमै छ। संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ भने डा। शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।

महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्, तर त्यसबारे अन्तिम सहमति हुन बाँकी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखक अदालतमा उपस्थित, ओलीलाई पनि आजै पेश गरिने

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...

ओली र लेखकको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता हुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...

एमाले प्रदर्शनमा पक्राउ परेका एक जना फरार प्रतिवादी, अन्य ६ जना रिहा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending