काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूलाई विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन्।
विशेष महाधिवेशनको मागसहित करिब २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरयुक्त पत्र बुझाएपछि देउवाले सिंगापुरबाटै सो निर्देशन दिएका हुन्।
गत आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशनको मिति तय गर्ने विषयमा मतभेद बढेपछि स्थगित भएको थियो। त्यसपछिको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक छलफलमा कार्यवाहक सभापति खड्काले देउवाको निर्देशन सुनाएका थिए।
एक सहभागी नेताका अनुसार देउवाले सहमहामन्त्री किशोरसिंह राठोर लगायत आफ्ना निकट पदाधिकारीहरूलाई पनि टेलिफोनमार्फत विशेष महाधिवेशन नगरी सहमतिको आधारमा नियमित महाधिवेशनतर्फ अघि बढ्न सुझाएका थिए।
देउवा हाल उपचारका क्रममा श्रीमती डा। आरजु राणा देउवासँगै कात्तिक १० गते सिंगापुर गएका हुन्। उनी भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा कुटपिटका क्रममा घाइते भएपछि करिब एक महिना सैनिक अस्पतालमा उपचाररत थिए। असोज २८ गते पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै उनले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पेका थिए।
यसबीच पार्टीभित्र नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद कायमै छ। संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ भने डा। शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।
महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्, तर त्यसबारे अन्तिम सहमति हुन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: