Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

खबरडबली संवाददाता

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् । 

रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।  

“हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भनिन्, “दाजु समापनमा आउने पक्का भएको छ ।” उनका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।

मिथिलामा दाजुभाइ/दिदीबहिनीबिच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ । 

अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् ।

“भैयाके खबर कैने छि, ओ अयबे करता (दाजुलाई खबर गरेकी छु, उहाँ आउनु हुन्छ)”, बुधबार सामा समापनको तयारीमा रहेकी बर्दिवास–२ की सङ्गीता मुखियाले भनिन्, “आब भैयाके लेल मरमिठाइके जोगारमें लागल छि” (अब दाजुका लागि मिष्ठान्न परिकार जुटाउन लागेकी छु) ।

आफ्ना दाजुभाइप्रति प्रेम र  समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको मुखियाले जानकारी दिइन्।

“रातिको समयमा टोलभरिका मन मिल्ने साथीहरू जम्मा भएर आआफ्ना दाजुभाइलाई सम्झँदै सामा गीत गाउँछौँ, यतिखेर मन खोलेर सखीसँगीबीच ख्यालठट्टा गरिन्छ”, बर्दिवास–९ की सुधा महतोले भनिन्, “हामीलाई साथीसँगीबीचको जमघटको रमाइलोले ११ दिन बितेको पत्तै हुँदैन ।” 

मिथिलानीजस्तै दाजुभाइलाई पनि सामाको पर्खाइ हुन्छ । दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले मैथिल दाजुभाइ हर्षित हुन्छन् । पर्वका माध्यमले दिदीबहिनीले गीतमार्फत आपूmहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले प्रत्येक मैथिल गर्व गर्छन् । “सामामा दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेमले यी हुनुको खुसी मिल्छ”, भङ्गाहा–४ का नन्दन चौधरी थारुले भने, “गीतमा दिदीबहिनीले दर्शाएका भावले ऊर्जा दिन्छ ।”

दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता  गीत सुन्दा दिदीबहिनी नहुनेहरु मेराचाहिँ किन भएनन् ? भन्ने भाव र खुल्दुली लगाउने गरेको पाइन्छ ।

मिथिला  लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकमा यस्तो नाताभित्र पर्व मनाउने गरेका जलेश्वर–१२ का मनोज साहले बताए ।  

पर्वमा मिथिलानीले सामाचकेवा, सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र) र वृन्दावनसहित माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । यस्ता आकृति पर्व सुरु हुनपूर्व मिथिलानीहरूले पोखरीको डिलबाट माटो खनेर ल्याई बनाउँछन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति घुँडामा राखेर फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । पर्व समापनसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउँछन् । 

यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व द्वापरयुगदेखि सुरु भएको विश्वास गरिन्छ । 

द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथाको प्रसङ्ग यो पर्वको परिवेश रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले जानकारी दिए ।  

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउनसक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको कर्णको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending