Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै राप्तीसोनारीका महिला

खबरडबली संवाददाता

बाँके । राप्तीसोनारी गाउँपालिकाका किसान महिला बाख्रापालनतर्फ आकर्षित भएका छन्।

बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी-६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन्।

उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएका छन्। राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन्।

किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन्। किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपैयाँ नाफा खाएर बिक्री गर्दै आएका छन्। अन्य समयभन्दा दशैँतिहारको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ।

राप्तीसोनारी- ६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका खरिद बिक्री गरेको छ। यसबाट किसान महिलाले करिब १९ लाख रुपैयाँ आम्दानी गरेको संस्थाकी प्रबन्धक गुरुङको भनाइ छ।

बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन्। दशैँतिहारजस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी- ७ का अगुवा लालबहादुर थापाले बताए।

राप्तीसोनारी-७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँतिहारमा करिब ३२ लाखका २०० बढी खसीबोका किसानबाट खरिद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिइन्।

राप्ती सोनारी गाउँपालिकाको खासकुस्मा, कचनापुर, महादेवपुरी, बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आएका छन्। बाँके जिल्लाभरिबाट यो वर्षको दशैँतिहारमा दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उनको अनुमान छ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन्। तीमध्ये हाल करिब ६०० किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताइन्।

हेफर इन्टरनेसनललगायतका सङ्घसंस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका- ७ का वडाध्यक्ष रामलखन चौधरीले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending