डडेल्धुरा। डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीहरु मध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिए। गत भदौ २३–२४ गते देशैभर चर्किएको जेनजी आन्दोलनपछि २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु लाई नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरको थियो ।
१२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक भट्टले बताए। उनका अनुसार हाल कारागारमा १२२ जना कैदिबन्दी पुगेका छन् । फरार रहेका पाँच जनाको खोज तलास गरिरहेको उनले जानकारी दिए। फरार रहेका पाँच जना कैदीकन्दीहरु मध्ये जबरजस्ती करणी मुद्दामा कैद्य भुक्तान गरिरहेका चार जना छन् ।
जेलर भट्टले दिनुभएको जानकारी अनुसार फरार पाँच जनाहरु मध्ये तीन जना जबरजस्ती करणी मुद्दा र एक जना हाडनाता जबरजतस्ती करणी उद्योग मुद्दाका रहेका थिए । एक जना भने कर्तव्य ज्यान मुद्दाका रहेका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जनामध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला रहेको छ भने एक/एक जनाको ठेगाना डडेल्धुरा र डोटी जिल्ला रहेको छ । कर्तव्य ज्यान मुद्दा लागेका एक जना अर्का फरार बैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो । फरार रहेकाहरु मध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जनाको ठेगाना डोटी जिल्ला रहेको छ ।
फरार रहेकाहरु मध्ये हाडनाता जबरजस्ती करणी उद्योग मुद्दाका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं। ४ ठेगाना रहेको छ । यस्तै जबरजस्ती करणी मुद्दाका फरार कैदीबन्दीहरु मध्धे एक जनाको ठेगाना बैतडीको पाटन नगरपालिका वडा नं। ८, एक जना अर्काको ठेगाना बैतडी कै सिगास गाउँपालिका वडा नं। ७ रहेको छ । एक जनाको ठेगाना भने डोटीको जोरायल गाउँपालिका वडा नं। १ रहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार कैदीबन्दीको ठेगाना भने डडेल्धुराको परशुराम नगरपालिका वडा नं। ५ रहेको जेलर भट्टले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: