Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डडेल्धुरा कारागारबाट अझै पाँच जना कैदीबन्दी फरार

खबरडबली संवाददाता

डडेल्धुरा। डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीहरु मध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिए। गत भदौ २३–२४ गते देशैभर चर्किएको जेनजी आन्दोलनपछि २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु लाई नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरको थियो ।

१२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक भट्टले बताए। उनका अनुसार हाल कारागारमा १२२ जना कैदिबन्दी पुगेका छन् । फरार रहेका पाँच जनाको खोज तलास गरिरहेको उनले जानकारी दिए। फरार रहेका पाँच जना कैदीकन्दीहरु मध्ये जबरजस्ती करणी मुद्दामा कैद्य भुक्तान गरिरहेका चार जना छन् ।

जेलर भट्टले दिनुभएको जानकारी अनुसार फरार पाँच जनाहरु मध्ये तीन जना जबरजस्ती करणी मुद्दा र एक जना हाडनाता जबरजतस्ती करणी उद्योग मुद्दाका रहेका थिए । एक जना भने कर्तव्य ज्यान मुद्दाका रहेका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जनामध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला रहेको छ भने एक/एक जनाको ठेगाना डडेल्धुरा र डोटी जिल्ला रहेको छ । कर्तव्य ज्यान मुद्दा लागेका एक जना अर्का फरार बैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो । फरार रहेकाहरु मध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जनाको ठेगाना डोटी जिल्ला रहेको छ ।

फरार रहेकाहरु मध्ये हाडनाता जबरजस्ती करणी उद्योग मुद्दाका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं। ४ ठेगाना रहेको छ । यस्तै जबरजस्ती करणी मुद्दाका फरार कैदीबन्दीहरु मध्धे एक जनाको ठेगाना बैतडीको पाटन नगरपालिका वडा नं। ८, एक जना अर्काको ठेगाना बैतडी कै सिगास गाउँपालिका  वडा नं। ७ रहेको छ । एक जनाको ठेगाना भने डोटीको जोरायल गाउँपालिका वडा नं। १ रहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार कैदीबन्दीको ठेगाना भने डडेल्धुराको परशुराम नगरपालिका वडा नं। ५ रहेको जेलर भट्टले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending