म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गरेका हुन्। उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।
सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने पाहुनालाई लक्षित गरेर घरका कोठालाई व्यवस्थित गरेर घरबास सञ्चालन गरेको भट्टचनले बताए।
“पाहुनालाई कृषि फार्ममा उत्पादन भएको ताजा तरकारी, दूध, दही, माछा, मासु, अण्डा, स्थानीय गौरीया, गुडुरा जातको धानको भात, कोदोको ढिँडो, रोटी, तरकारीका परिकारको स्वाद चखाउने गरेका छौ,” उनले भने “पुरानो घरलाई मर्मत गरेर पाहुना राख्ने कोठाहरु बनाएको छु ।”
यसअघि निर्माण व्यवसायमा सक्रिय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइँ छाडेर गाउँ फर्किएर होमस्टे चलाएको हो ।
पाहुनाहरुलाई खुवाउन स्थानीय जातका कुखुरा, बाख्रा, भैसीपालन गर्नुभएको छ । साग र तरकारी पनि फार्मबाटै उत्पादन हुन्छ । एकान्त र शान्त वातावरणमा मौलिक थकाली खानाका परिकारको स्वाद लिन सकिन्छ ।
तोराखेत गाउँ बेनी बजारदेखि १३ किलोमिटर पश्चिमतर्फ रहेको छ । प्राकृतिक उपचार स्थल सिङ्गा–तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुनाहरु करिब पाँच किलोमिटर सडकमा सवारी साधनको यात्रापछि थकाली होमस्टेमा पुग्ने गरेका छन् ।
तोराखेत विसं २०६४ अघिसम्म व्यापारिक केन्द्र थियो । बाबियाचौर र दरवाङ सडक सञ्जालमा नजोडिँदासम्म बेनीबाट छुट्ने सवारी साधन तोराखेत पुगेर रोकिन्थे र बेनीतर्फ फर्कन्थे ।
बेनी आउने र फर्कनेदेखि मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाका बस्तीहरूमा खाद्यान्न यहीबाट आपूर्ति हुने गर्दथ्यो । विसं २०६४ मा दरवाङ सिधा सडक सञ्जालमा जोडिएपछि ओझेलमा परेको तोराखेतमा थकाली होमस्टेले चहलपहल बढाउन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: