Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

खबरडबली संवाददाता

पोखरा । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ ।

माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ ।

पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ । 

फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आएकी सविना मगरले बताइन् । 

“चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ”, मगरले भनिन्, “उचाइदेखि डर लाग्ने भएकाले धेरैचोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडन सफल भए, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो ।”

पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उहाँको अनुभव थियो ।  

नेपालगञ्जका सुजित जोशीले पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताए । “म पोखरा आइराख्छु, अनुकूल मौसम भयो भने प्याराग्लाइडिङ गर्छु ।” साहसिक खेल पारखी जोशीले बञ्जी, स्विङको अनुभव लिइसक्नुभएको छ ।

“पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय छ, यसले मलाई साहसिक अनुभव गराउँछ”, उनले थपे, “यहाँको दृश्य निकै सुन्दर छ । ताल, पहाड र हिमालको संयोजनले यो अनुभवलाई झनै विशेष बनाउँछ, पोखराको मौसम खुलेको दिन उडन मन पर्छ ।” 

पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढाउने माध्यम बनेको छ ।

उनले भने, “यो केवल एउटा साहसिक गतिविधि मात्र नभएर, पोखराको प्राकृतिक सौन्दर्यलाई आकाशबाट नियाल्ने अवसर पनि हो, यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको साथै पोखराको पहिचानलाई विश्वसामु पुर्‍याएको छ ।” 

पोखराको आकाशमा बेलाबेलामा हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले पनि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको बताए । 

उनले पोखराको दिगो पर्यटन विकास र प्रवर्द्धनका लागि प्याराग्लाइडिङको निरन्तर विकास र व्यवस्थापन खाँचो रहेको बताए ।

पोखराको मौसम प्याराग्लाइडिङका लागि सधैँ उत्कृष्ट रहँदै आएको छ । विशेष गरी अहिलेको समयमा आकाश खुला र मौसम स्थिर हुँदा उडान गर्न निकै सहज भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले बताए । 

“पर्यटकीय मौसम भए पनि आन्दोलन र प्रतिकूल मौसमले प्रभावित भइरहेको प्याराग्लाइडिङ तिहार, छठको लामो बिदा र पोखरामा आन्तरिक पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ”, केसीले भने । 

प्याराग्लाइडिङ कम्पनीहरूले सुरक्षित उडानका लागि मापदण्डलाई कडाइका साथ पालना गर्दै अहिले दैनिक २५० उडान हुँदै आएको उनको भनाइ छ । 

त्यसो त कोभिड महामारी अगाडिको पर्यटकीय मौसममा दैनिक कम्तीमा ५०० भन्दा बढी उडान गर्न सफल यो व्यवसाय पछिल्लो समय कोभिड महामारी र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्ववत् उडानस्थल स्थानान्तरणका कारण यो व्यवसायले समस्या झेल्दै आएको थियो । 

अध्यक्ष केसीका अनुसार पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ४००  जना लाइसेन्स प्राप्त प्यारापाइलट छन् ।

जसमध्ये २६० जना अहिले उडानमा सक्रिय छन् । पाँच सय जनाले प्रत्यक्ष रोजगार र १५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उहाँको भनाइ छ । करिब रु ५५ करोड बढीको लगानी रहेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै स्थानान्तरणको मारमा प्याराग्लाइडिङ व्यवसाय परेको थियो ।

सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्न पुगेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा  पुरानै ठाउँमा अवतरण गर्ने निर्णयपश्चात् यस क्षेत्र अहिले विस्तारै चलायमान हुँदै गएको हो ।

अहिले सराङकोट र तोरीपानीको बाहाकोटबाट उडान (टेक अफ) गरेर खपौदी (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुन्छ । 

“यसअघि हामीलाई प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । व्यवसाय धान्न पनि मुस्किल थियो । तोरिपानीमा सारेपछि उडान भर्नेहरु पनि विस्तारै बढन थालेका छन्”, नाका उपाध्यक्ष माधव तिवारीले भने । 

तिवारीका अनुसार अहिले बिहान ११ः०० बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुँदै आएको छ । पहिले रु १२ हजार शुल्क तोकिएकामा अहिले रु आठ हजार ५०० शुल्क तोकिएको छ । 

नेपालमा सन् १९९७ मा सन्राइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । 

प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (आरएओसी) लिनुपर्ने प्रावधान छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE