Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

विश्वभरि जेनजी आन्दोलनको लहर, तर भारतमा नवयुवा किन सडकमा जाँदैनन् ?

केही समयअघि भारतको लद्दाखमा प्रहरी र विद्यार्थीबीच भएको हिंसात्मक झडपपछिको तस्बिर
खबरडबली संवाददाता

काठमाडौं । भारतको जेन जी विशाल, छटपटिएको र एकअर्कासँग जोडिएको पुस्ता हो। नेपालको दक्षिणी छिमेकी देश भारतमा जनसङ्ख्याको करिब एक चौथाइ अर्थात् ३७ करोडभन्दा धेरै मानिसहरू २५ वर्षभन्दा कम उमेरका छन्।

स्मार्टफोन र सामाजिक सञ्जालबाट उनीहरू राजनीति, भ्रष्टाचार र असमानताबारे निरन्तर सुसूचित छन्। यद्यपि सडक प्रदर्शन उनीहरूका लागि जोखिमपूर्ण मात्रै छैन कल्पनामा पनि टाढाको विषय छ।

त्यसो गर्दा "अराष्ट्रियवादी" आक्षेप लाग्ने, क्षेत्रीय र जातीय विभाजन देखिने र आर्थिक दबाव बढ्नुका साथै आफ्नो कदमको प्रभाव निकै कम देखिने त्रास उनीहरूमा छ।

एशिया र अफ्रिकामा सन् १९९७ देखि १०१२को बीचमा जन्मिएका यो पुस्ताका नवयुवाहरूले पछिल्लो समय हलचल पैदा गरेका छन्। नेपालमा नवयुवाहरूको प्रदर्शनले ४८ घण्टामा गत महिना सरकार ढाल्यो। मडागास्करमा युवाहरूले नेतृत्व गरेको आन्दोलनले राष्ट्रपतिलाई पदच्युत गर्‍यो।

रोजगारीको चिन्ताका कारण निराश बनेका इन्डोनेशियालीहरूले बढ्दो जीवनयापनको खर्च, भ्रष्टाचार र असमानताबारे आन्दोलन सुरु गरे। जसले सरकारलाई युवाहरूसँग सहमति गर्न बाध्य बनायो। सरकारी नोकरीमा कोटा प्रणालीले जन्माएको आक्रोश र भ्रष्टाचारविरुद्धको प्रदर्शनले बाङ्ग्लादेशमा पनि गत वर्ष सत्ता पलट गरायो।

तेस्रो पक्षले सहजै सन्देशहरू हेर्न नमिल्ने एपहरू र सामाजिक सञ्जालबाट फैलिएका प्रदर्शनहरू तीव्र गतिमा फैलिन्छन्। अधिकांश यस्ता प्रदर्शन राजनीतिक भ्रष्टाचार र नातावादका कारण उत्पन्न निराशाका कारण सिर्जित छन्।

भारतमा जेनजी विद्रोहको स्थिति के छ?

भारतमा पनि असन्तुष्टिका झिल्काहरू केही हदसम्म देखिएका छन्। सेप्टेम्बरमा विवादित हिमाली क्षेत्र लद्दाखमा प्रहरी प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भए।

यो क्षेत्रलाई अलग राज्यको दर्जा दिन माग गर्दै भएको प्रदर्शनलाई एक जना अभियानकर्मी सोनाम वाङ्चुक राज्यको दमन र 'जेन जीको उन्माद'को सङ्ज्ञा दिन्छन्। यो मनोभाव भारतको राष्ट्रिय राजनीतिमा पनि प्रतिविम्बित भयो।

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा लेखे, "जेन जी युवाहरूले मतदाता धाँधली रोक्छन् र संविधान बचाउँछन्।" उनले कर्नाटक राज्यमा ठूलो मात्रामा चुनावी अनियमितता भएको सार्वजनिक आरोप लगाउँदै आएका छन्।

क्षेत्रीय अशान्तिमा भारत सजग हुने गरेको छ। नेपालमा जेन जी प्रदर्शनका क्रममा अशान्ति फैलिएपछि दिल्ली प्रहरीका प्रमुखले आफ्नो फौजलाई युवाको अगुवाइमा हुनसक्ने सम्भावित प्रदर्शनबारे आकस्मिक योजना बनाउन निर्देशन दिएका थिए।

अनलाइन माध्यममा यस्ता बहस चर्को र गहिरो रूपमा विभाजित देखिएका छन्। रेडिट र एक्सका केही प्रयोगकर्ताहरूले भारतका युवाहरूलाई आफ्नो देशमा पनि यस्तै विरोध प्रदर्शन गर्न आग्रह गरेका छन्। तर अरू कतिपयले नेपालको उथलपुथलका क्रममा देखिएको हिंसा सम्झाउँदै नेतृत्वविहीन विद्रोहहरूप्रति मानिसहरूलाई रोमाञ्चित नबनाउन चेतावनी दिएका छन्।

तथ्य जाँच गर्ने बुमलाइभले यसलाई नवयुवाहरूको पुस्तामाझ देखिएको "अनलाइन लडाइँ" भनेको छ। एउटा पक्षले यस्तो प्रदर्शनलाई न्यायका लागि भएको उचित विद्रोहको रूपमा हेरेको छ भने अर्को पक्षले विदेशी चलखेलको आशङ्का गरेको छ।

सन् १९७०को दशमा भएको इन्दिरा गान्धीविरोधी प्रदर्शनदेखि क्याम्पसहरूमा भएका पछिल्ला आन्दोलनहरूसम्म पनि भारतमा विद्यार्थी राजनीतिले मानिसहरूको ध्यान तान्ने गरेको छ। तर नेपाल र बाङ्ग्लादेशमा जस्तो यसले सङ्घीय सरकार ढाल्नसक्नेमा विज्ञहरू आशङ्का गर्छन्।

भारतमा विद्रोह सहज छैन

एउटा कारण भारतको जेन जी समूह विभाजित रहनु पनि हो। यो क्षेत्रका अन्य देशहरूमा जस्तै भारतका जेन जी पनि रोजगारीको अभाव, भ्रष्टाचार र असमानताबाट आक्रान्त छन्। तर उनीहरूको आक्रोश स्थानीय मुद्दाहरूमा मात्रै सीमित छ र त्यसले एकीकृत राष्ट्रिय आन्दोलनको रूप लिइहाल्ने सम्भावना देखिएको छैन।

"हामीलाई एकै ठाउँमा ल्याउन सक्ने कुनै पनि एकल शक्ति मैले देखेको छैन,"नेपालको सीमावर्ती सहर बिहारका २६ वर्षीय पत्रकार विपुल कुमार भन्छन्।

"नेपालको तुलनामा भारतमा शक्ति धेरै विकेन्द्रीकृत छ। अनि युवाहरूको आक्रोश पनि ठिक त्यस्तै छ। म सङ्घीय सरकारलाई चुनौती दिन चाहन्छु तर धेरै युवाहरूलाई पर्याप्त सरकारी जागिर भए पुग्छ।"

सेन्टर फर यूथ पोलिसीका सुधांशु कौशिक यही कारण जेन जी विद्रोहमा भारत अन्य देशहरूको तुलनामा "अलग" रहने विश्वास गर्छन्।

"यसमा भिन्नताको कारक उमेर मात्रै होइन। भारतमा युवाहरू क्षेत्रीय भाषासँग पनि बलियोसँग जोडिएका छन्, त्यस्तै अवस्था जातीय कारण पनि छ," उनी भन्छन्।

"यदि भारतमा जेन जी विद्रोह भयो भने त्यो दलित जेन जी, सहरी वा तमिलभाषी जेन जी कुन हुन्छ? सत्य के छ भने फरक फरक स्वार्थ भएका भिन्नभिन्न जेन जी समुदायहरू भारतमा छन्," इन्डियन यूथ पुस्तकका लेखक समेत रहेका युवा अभियानकर्मी कौशिक भन्छन्।

अर्को शब्दमा भन्ने हो भने सहरी युवाहरू रोजगारीका अवसर र सहरका पूर्वाधारहरूमा बढी केन्द्रित छन्। दलित युवाहरू भारतको कथित जातीय प्रणालीबाट गरिएको अछुतको व्यवहार र जातीय विभेद अनि सामाजिक न्यायको मुद्दामा केन्द्रित छन्। अनि तमिलभाषी युवाहरू भाषिक, क्षेत्रीय अधिकार र स्थानीय परम्पराका मुद्दामा ध्यान दिन्छन्।

तर के कुराले युवाहरू आन्दोलित हुन्छन् भन्ने मुद्दा फरक फरक छ। गुजरात र हरियाणामा कथित माथिल्लो जातका युवाहरूले सकारात्मक विभेदका कदमको विरोध गरेका छन्। तमिलनाडुका युवाहरू परम्परागत साँढे नियन्त्रण गर्ने खेल, जल्लीकट्टुमा प्रतिबन्ध लगाउने अदालतको फैसलाको विरुद्धमा सडकमा उत्रिएका छन्।

विश्वविद्यालयमा नियन्त्रण

यो विभाजनको सबभन्दा माथिल्लो तहमा अर्को एक बाधा पनि छ: "राष्ट्र विरोधी" को धब्बा लाग्ने डरका कारण सबभन्दा सचेत र राम्रो सम्पर्क सञ्जाल भएका युवाहरू सडकमा आन्दोलनमा उत्रन हिचकिचाउने राजनीतिशास्त्रमा स्नातक गरेका धैर्य चौधरी बताउँछन्।

भारतमा त्यस्तो धब्बाको प्रयोग अक्सर केही राजनीतिक नेता र टेलिभिजन प्रस्तोताहरूले फरक मत राख्नेहरूविरुद्ध प्रयोग गर्ने गर्छन्।

कुनै बेला राजनीतिक बहसका जीवन्त केन्द्र रहेका केही प्रमुख विश्वविद्यालयले अहिले विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाएका वा नियन्त्रित गरिदिएकाले पनि समस्या बनेको छ। "कुनै बेला सरकारविरोधी अभियानका केन्द्र रहँदै आएका यस्ता संस्थाहरूले अहिले त्यो भावना गुमाएका छन्," २३ वर्षीय अनुसन्धानकर्ता हजारा नजीब भन्छन्।

युवाहरूको ऊर्जालाई पहिचान गर्दै युवामुखी नीतिलाई प्राथमिकतामा राखेको दाबी सरकारको छ। सरकारले युवाको ऊर्जालाई योजना र कार्यक्रमका माध्यमबाट उपयोग गर्ने पनि भन्छ। यद्यपि आर्थिक दबावले युवाका जीवनका कैयौँ रोजाइ प्रभावित हुने गर्छन्।

कौशिकको टिप्पणी छ: "आर्थिक दृष्टिमा भारतले विश्वका अन्य देशका तुलनामा केही राम्रो गरिरहेको छ। त्यसो हुँदा हुँदै पनि बेरोजगारी चिन्ता बढिरहेको छ… र युवाहरूले त्यसलाई आफ्नो हातमा लिँदै वर्षैपिच्छे परदेशतिर लाग्नेको सङ्ख्या बढ्दै गइरहेको छ।"

मतदानप्रति कमजोर उत्साह

भारतका युवाहरूले मतदान पनि खासै उत्साहका साथ गरिरहेका छैनन्। सन् २०२४ को चुनावका लागि १८ वर्ष उमेरका युवामध्ये ३८ प्रतिशतले मात्र मतदाता सूचीमा नाम लेखाए। सिटिजन मिडिया प्ल्याटफर्मले गरेको सर्भेमा परम्परागत राजनीतिमा विश्वास घटेको पाइयो। २९ प्रतिशत युवा भारतीयहरूले त्यस्तो राजनीतिलाई बेवास्ता गरेका छन्।

कौशिकका अनुसार हालका दशकमा कैयौँ भारतीय युवाले आफूलाई धार्मिक, सांस्कृतिक र भाषिक पहिचानका माध्यमले चिनाउन चाहेको पाइएको छ।

सीएसडीएस-लोकनीतिले गरेको चुनाव पछिको सर्भेमा सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको युवा वर्गबाट बलियो समर्थन प्राप्त भएको देखायो जसलाई त्यति आश्चर्यजनक रूपमा लिइएन। सन् २०१९ मा त्यस्तो समर्थन ४० प्रतिशत थियो भने सन् २०२४ मा त्यसभन्दा केही कम मात्र।

एक दशकदेखिको सडक आन्दोलनलाई किशोरावस्थादेखि अवलोकन गर्दै आइरहेका जेन जीहरूको राजनीतिक चेतनाको जरा निश्चितरूपमा गहिरो छ।

तीमध्ये सबभन्दा धेरै उमेर भएकाहरूले किशोरावस्थामा सन् २०१० को दशकमा भएका विशाल सडक आन्दोलनहरू देखेका छन्। अन्ना हजारेको भष्टाचारविरोधी प्रदर्शनदेखि सन् २०१२ को दिल्लीको सामूहिक बलात्कारविरुद्ध उर्लिएको सार्वजनिक प्रदर्शनसम्म त्यसका उदाहरण हुन्।

पछि विद्यार्थीहरूले नेतृत्व गरेको कश्मीर स्वायत्तता रद्द गरिएको विषयदेखि कृषि सुधार कानून र विशेष रूपमा विवादास्पद नागरिकता कानुनको विरोध भएका थिए।

नागरिकता संशोधन कानुन सीएएको विरुद्धमा भएको विरोध मुख्य रूपमा जेन जीले चलाएका थिए जुन क्षतिविहीन थिएन।

भारतीय जेन जी अवलोकनकर्ता मात्र

सन् २०१९ मा दिल्लीको जामिया मिलिया इस्लामिया र अलीगढ मुस्लिम विश्वविद्यालयमा विद्यार्थी विरोध प्रदर्शनका बेला प्रहरी क्याम्पस प्रवेश गरेपछि हिंस्रक झडपहरू भए। विद्यार्थी नेता उमार खालिद गिरफ्तार गरिए र पाँच वर्षसम्म जेलमा रहे। उनीमाथि सन् २०१९ को दिल्ली दङ्गामा "प्रमुख षडयन्त्रकर्ता" भएको आरोप लगाइयो जसलाई उनी अस्वीकार गर्छन्।

स्टेट ब्याङ्क अफ इन्डियामा यूथ फेलो रहेका २६ वर्षीय जटिन झा भन्छन्, "सरकारले विरोधलाई यसरी डरलाग्दो बनाइदियो कि…अब निकै कम मान्छे मात्र विरोध गर्नेबारे सोच्छन्।"

सरकारले कानुन र व्यवस्थाको सुरक्षा मात्र गरेको दाबी गर्छ र विरोधलाई "राष्ट्र-विरोधी" तत्त्व या विदेशी शक्तिबाट प्रभावित भन्ने गर्छ।
यो दबिएको सक्रियताले शायद पिँढीगत गुण दर्शाउँछ: समाजशास्त्री दीपाङ्कर गुप्ताले नोट गरेका छन्: युवाको ऊर्जा क्षणिक हुन्छ र हरेक पुस्ताले पुरानो कुरा विरासतमा लिने भन्दा पनि आफ्नै दृष्टिकोण अपनाउन चाहन्छ।

पछिल्लो इतिहासले एउटा प्रवृत्ति देखाएको छ: युवाहरूले सासनसत्ता परिवर्तन गरिदिन सक्छन् तर दीर्घकालीन परिवर्तन वा युवाका लागि सम्भावनामा सुधार धेरैजसो अन्योलग्रस्त नै रहन्छ - अरब स्प्रिङ होस् या बाङ्ग्लादेश होस र शायद नेपालको पनि।

अहिलेका लागि, भारतका जेन जी विद्रोही हैन कि अवलोकनकर्ताका रूपमा देखिन्छन् – उनीहरूको असहमति दबेको देखिन्छ तर उनीहरूका आकाङ्क्षा भने निश्चितरूपमा स्पष्ट छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending