Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सञ्चारमन्त्री खरेलको प्राथमिकता: दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

खबरडबली संवाददाता

काठमाडौँ। पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियानअन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताएको थिए । उनले भने, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।”

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तलकोट गाउँपालिका९४ बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिए । उनका अनुसार तलकोट-१ र ४ सेवा सुरु भएसकेको छ भने जयपृथ्वी नगरपालिका-१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिनेछ उहाँको भनाइ छ ।

तलकोट(४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपतकालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज भएको बताए।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका(५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी उक्त सेवा सञ्चालमा ल्याइएको छ ।

प्रमुख गुरुङले भने, “पहिला सञ्चारको समस्या थियो । डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो । अब स्थानीयले टेलिकमको भ्वाइस र डाटा सहज रुपमा उपयोग गर्न पाएका छन्, यसले उनीहरुको दैनिक जीवनमा सञ्चार आदनप्रदान, डिजिटल भुक्तानीलगायतमा सहज भएको छ ।”

दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भई यथाशीघ्र टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ । मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा आउने तयारी छ ।

त्यसैगरी, डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए ।

उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिएको थिए । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठूलो राहत मिलेको बताए।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ । सञ्चार मन्त्रालयले जुनसुकै ठाउँमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुन: सञ्चालनका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र मन्त्रालयको सिधा ९८५१४१०१०१ ह्वाट्सएप नम्बरमा खबर गर्न अनुरोध पनि गरेको छ ।

राष्ट्रिय सञ्चार नीति, २०४९ मा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढाउने लक्ष्य लिइएको छ । सोहीअनुरुप सबै जिल्लामा दूरसञ्चार सेवा पुगे पनि केही स्थानीय तहमा अझै यो सेवाको पहुँच विस्तार हुन सकेको छैन । उक्त नीतिमा राष्ट्रिय विकासको पूर्वाधारका रुपमा दूरसञ्चार सेवाको विकास गर्न यस सेवालाई अत्यावश्यक सेवा विकसित एवं विस्तार गर्दै जाने भनिएको छ । आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्वाध सञ्चार सेवा उपलब्ध गराउन उपयुक्त अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै जाने पनि नीतिमा उल्लेख छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विषेश प्राथमिकतामा राखेर काम गरिरहेको छन् । उनले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इञ्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहेको छन् ।

मन्त्री खरेलले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले दुर्गम क्षेत्रहरुमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुरुप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्नेछ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारले सञ्चार सम्पर्कमा सहज हुनुका साथै डिजिटल भुक्तानी पनि सहज भएको छ । विशेषगरी ती क्षेत्रमा जानु पर्यटकहरुका लागि भुक्तानी गर्न समस्या भएकामा अहिले इन्टरनेट सेवा विस्तारले सहज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगतकर्ता एक करोड ५३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।

प्राधिकरणका अनुसार हाल हाल फिक्स्ड ब्रोडब्याण्ड ९वायर्ड० ४८ दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने फिक्स्ड ब्रोडब्याण्ड ९वायरलेस० शून्य दशमलव ४१ प्रतिशतमा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ ।

साथै मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिशत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।

खरेल सञ्चारमन्त्रीमा नियुक्त भएपछि मन्त्रालयले सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नविनतम प्रविधिको प्रवद्र्धन र युवाहरुको संलग्नताका सम्बन्धमा  जेनजी युवाका प्राविधिक क्षेत्रका जानकारसँग सुझाव लिएको थियो । डिजिटल रुपान्तरणसम्बन्धी अन्तरक्रियामा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइने बताएको थिए । उनले सुशासनका लागि डिजिटल रुपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने बताए।

नेपालमा विद्यमान ‘डिजिटल डिभाइड’ कम गर्न प्रत्येक नागरिकमा इन्टरनेट र मोबाइल फोनको पहुँच पुर्‍याउन र प्रविधिमा साक्षर बनाउन प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।

सूचना प्रविधिको विकाससँगै यसबाट सिर्जित वहुआयामिक अवसरले देशभित्र र विदेशमा रोजगारीको अवसर बढ्न गई देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । सार्वजनिक सेवा प्रवाह प्रक्रिया थप सहज, सुलभ र पारदर्शी बन्न पुगेको छ भने टेलिमेडिसिन, इ९लर्निड, इ९कमर्सलगायतका सेवामा भएको विकास विस्तारले दुर्गम तथा विकट स्थानमा बसोबास गर्ने आमनागरिकले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने अवसर सृजना भएको छ ।

सञ्चारमन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्वसूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि, आजपा अध्यक्ष साहसँग पनि भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ।  सभापति लाम...

धुम्बाराहीमा कांग्रेस संस्थापनइतर समूहको भेला, कुन- कुन नेता सहभागी भए ?

काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

भक्तपुर र महोत्तरीमा सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending