Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

कसरी बन्छ ओली–मुक्त एमाले ?

पार्टीको भविष्य, नेतृत्व संक्रमण र वैकल्पिक सम्भावनाको खोज

गुमनाम गाउँले

काठमाडौं । नेकपा (एमाले) भित्र मात्र हैने नेपालको वाम राजनीतिमा अहिले एउटा मौन तर गहिरो प्रश्न तैरिरहेको छ— “एमाले ओलीबिना कस्तो बन्छ ?” यो प्रश्न केवल व्यक्तिको हैसियतबारे होइन, पार्टीको अस्तित्व, विचार र संस्कृतिबारे पनि हो ।

पछिल्ला तीन दशकदेखि केपी शर्मा ओली एमालेको समानार्थी बनेका छन्। पार्टीका आन्तरिक बैठकदेखि संसद् र सडकसम्म, ओलीको प्रभाव, निर्णय, र भाषणले पार्टीको दिशा निर्धारण गर्दै आएको छ ।  तर अहिले, जब देशमा नयाँ पुस्ता, नयाँ राजनीतिक सन्दर्भ र परिवर्तनको अपेक्षा बढ्दैछ, त्यससँगै ‘ओली–पछिको एमाले’ को कल्पना पनि बढ्न थालेको छ ।

ओलीको चमत्कार र संगठनको केन्द्रीयकरण

ओली समर्थकहरुको भाषामा केपी शर्मा ओली केवल एमालेका नेतामत्र होइनन्, एउटा राजनीतिक ब्रान्ड पनि हुन् । उनको चमत्कारमा हँसिलो व्यङ्ग्य, ठट्टा, र राष्ट्रवादको प्रतीकात्मक भाषणले बनेको हो ।  तर यही चमत्कारले पार्टीभित्र संगठनात्मक लोकतन्त्रलाई पनि ओझेलमा पारेको आरोप छ ।

निर्णय प्रक्रियामा एक व्यक्ति केन्द्रित ढाँचा बिस्तारै गहिरिँदै गयो ।  जसले पार्टीलाई “संस्थागत एमाले” बाट “ओलीको एमाले” मा रूपान्तरण गर्यो । पार्टीका केही केन्द्रीय सदस्यहरू भन्छन्, “बैठकभन्दा ओलीको मन्तव्य नै अन्तिम निर्णय हो।”

संगठनको संरचना, नीति निर्माण, उम्मेदवार छनोट सबैमा ओलीको हस्तक्षेप निर्णायक बन्यो । यो प्रणालीले अल्पकालमा पार्टीलाई अनुशासित बनायो, तर दीर्घकालमा बहस र वैचारिक प्रतिस्पर्धा कमजोर बनायो । यही कारण हो, अहिले एमालेभित्र नयाँ नेतृत्वको सम्भावनाबारे खुलेर कुरा गर्न सक्ने वातावरण पनि हराउँदै गएको छ ।

उत्तराधिकारीको खोजः मौन प्रतिस्पर्धा

अब ओली–पछिको नेतृत्व को हुन सक्छ ? यो प्रश्न अहिले खुलेर कसैले सोध्दैन, तर भित्रभित्रै चर्चा बाक्लिँदै गएको छ । विष्णुप्रसाद पौडेल, ईश्वर पोख्रेल, शंकर पख्रेल, बिष्णु रिमाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र महेश बस्नेतजस्ता नामहरू सम्भावित उत्तराधिकारीका रूपमा घुमिरहेका छन् । तर यिनीहरू मध्ये कसैले पनि ओलीको छायाँबाट पूर्ण रूपमा बाहिर निस्कन सकेका छैनन् ।

एमालेमा ‘ओली–मुक्त’ सोचको सुरुवात भने घनश्याम भुसालले ल्याएका वैचारिक बहसहरूबाट शुरु भएको मानिन्छ । तर भुसालको अलग धार नटिक्नु, पार्टीले आलोचकहरूप्रति असहिष्णुता देखाउनु र वैकल्पिक नेतृत्वलाई संगठनात्मक ठाउँ नदिनु । यी सबै कारणले नेतृत्व संक्रमण कठिन बनेको छ । यही कारण नै तत्कालिन महासचिव माधव कुमार नेपाल, झलनाथ खनाल र भुसालहरु लगायतका नेताहरु फरक मोर्चामा सामेल हुन बाध्य भए ।

अहिले एमालेभित्र अनौपचारिक रूपमा “उत्तराधिकारी तयारी” को प्रक्रिया त सुरु भएको छ, तर त्यसमा ओलीको स्वीकृति नै अन्तिम सर्त बनेको छ । उनले आफु नजिकका महेश बस्नेतलाई आफ्ने उत्तराधिकारीको तयारीका रुपमा चर्चा गर्न थालेका छन् । त्यसैले अहिले प्रश्न उठ्न थालेकाे छः एमाले ओली बिना बाँच्न सक्छ, तर ओलीले एमालेलाई ओली–बाहेक पनि बाँच्ने बनाउन सक्छन् ?

विचारधारा र दिशाः एमालेमा हराउँदै गएको ‘माक्र्सवादी आत्मा’

एमाले एक समय विचार, सिद्धान्त र आन्दोलनको पार्टी थियो । ५० को दशकमा समाजवाद, समानता र सामाजिक न्यायका नाराले एमालेले देशका युवाहरूलाई आकर्षित गरेको थियो ।  तर पछिल्ला दशकहरूमा त्यो विचारधारा घोषणापत्रका पानामा मात्र सीमित हुन पुगेको छ । यसको कारण पनि एमालेमा ओलीका व्यक्तिगत निर्णयहरु लादीनु हो  ।

एमालेमा ‘विकास र राष्ट्रवाद’ को नारा त शक्तिशाली छ, तर त्यो वैचारिक गहिराइभन्दा बढी प्रचारात्मक बनेको छ । राजनीतिक विश्लेषक भीम रावलजस्ता नेताहरू भन्छन् — “एमालेले वैचारिक दिशाभन्दा व्यवस्थापकीय राजनीति रोजेको छ ।” त्यसैले अहिले ‘ओली–मुक्त एमाले’ को अर्थ केवल नेताको परिवर्तन मात्र होइन, विचारको पुनर्जागरण पनि हो । जहाँ पार्टीले पुनः समाजवादी वैचारिक आत्मालाई केन्द्रमा ल्याओस्, आलोचनालाई विद्रोह होइन, सुधारको माध्यम ठानियोस्, र संगठनभित्र बहसलाई खुला बनाओस् ।

नेतृत्व संक्रमणको मनोविज्ञानः ओलीले बाटो खोल्छन् कि बन्द ?

नेपालको राजनितीक इतिहासले के देखाएको छ  भने नेताले जब आफूभन्दा ठूलो संस्था बनाउँछ, तब संगठन बाँचिरहन्छ। तर नेपालमा त्यो उदाहरण दुर्लभ छ ।

नेपाली कांग्रेसका गणेशमान सिंहले स्वेच्छाले मार्गदर्शन भूमिकामा गए, त्यसैले कांग्रेसले जीवन पायो । तर धेरै पार्टीहरूमा शीर्ष नेताले ‘संरक्षक’ होइन, ‘अन्तिम निर्णयकर्ता’ बन्न खोज्दा संगठन भित्र क्षय सुरु भएको छ । ओलीको हकमा पनि यही दोधार भएकै पछिल्लो समय एमालेको ओरालो यात्रा सुरु भएको राजनीतिक विश्लेष्कहरु बताउँछन् ।

यदि उनले आगामी महाधिवेशनमा नयाँ पुस्तालाई अघि ल्याएर आफैं संस्थागत भूमिकामा गए भने, एमालेले शान्तिपूर्ण नेतृत्व संक्रमणको ऐतिहासिक उदाहरण बनाउन सक्छ । तर यदि उनी अझै पनि सारा निर्णय आफैंभित्र सीमित राख्ने रणनीतिमा अडिए भने, त्यो असन्तुष्ट धार पुनः विभाजनको रूप लिन सक्छ र एमाले टुक्राटुक्रामा विभाजन हुने निश्चित छ ।

एमालेकै इतिहासले यो देखाइसकेको छ । जब पार्टीभित्र बहसलाई दबाइन्छ, त्यसको परिणाम ‘फुट’ वा ‘विद्रोह’मा परिणत हुन्छ । २०५४ मा बामदेव गौतम र २०७८ भदौमा माधव नेपालको    नेतृत्वमा पार्टीमा आएको फुट को मूख्य कारण यही थियो । अतः ओलीका पछिल्ला निर्णयहरूले नै पार्टीको भविष्य निर्धारण गर्नेछन् ।  उनले एमालेलाई संस्थागत बनाउँछन् कि व्यक्तिगत ?

संगठनभित्रको संस्कार र पुस्तान्तरणको आवश्यकता

एमालेभित्र अहिले ५० वर्षभन्दा कम उमेरका नेताहरूको संख्या उल्लेखनीय छ । तर उनीहरू निर्णय तहमा पुग्न अझै संघर्षरत छन् । पुग्ने हिम्मत गर्दापनि उनीहरुलाई ओलीवादले अगाडी बढ्न नै दिँदैन ।  केन्द्रीय तहमा पुराना नेताहरूको दबदबा यथावत् छ । ‘ओली–मुक्त एमाले’ बन्ने भनेको केवल नयाँ अध्यक्षको आगमन होइन, नयाँ राजनीतिक संस्कारको स्थापना पनि हो ।

जहाँ पदका लागि होइन, विचारका लागि प्रतिस्पर्धा होस् । जहाँ जवाफदेहिता बढोस्, पारदर्शिता कायम रहोस् र आलोचनालाई संस्थागत गरियोस् । एमालेले यदि यो अभ्यास सुरु गर्न सक्यो भने, त्यो केवल पार्टीको पुनर्जागरण होइन, सम्पूर्ण वाम राजनीति पुनर्जीवनको संकेत हुनेछ । तर एमालेमा ओली र ओलीका पछि लाग्नेहरुले यो हुन दिँदैनन् र पार्टी ओलीको कुनै निजी संस्था जस्तो भएर रहनुपर्ने बाध्यता हुने छ ।

सम्भावित भविष्यः ‘ओली–पछिको एमाले’

यदि एमालेले संक्रमण सफल पार्यो भने, ‘ओली–पछिको एमाले’ नयाँ पुस्ता, नयाँ विचार र नयाँ संगठनात्मक सोचसहितको पार्टी बन्न सक्छ। त्यो एमाले राष्ट्रवाद र समाजवाद बीचको सन्तुलन खोज्ने पार्टी हुन सक्छ । जहाँ विदेशी शक्ति सन्तुलन, संघीयता, आर्थिक समानता, र समावेशी विकासको बहस पुनः केन्द्रमा आउनेछ। तर यो केवल सम्भावना मात्र होइन, चुनौती पनि हो ।

किनभने ओली–पछिको रिक्तता केवल नेतृत्वको होइन, भावनात्मक चमत्कारको रिक्तता पनि हुनेछ ।  पार्टीले त्यो रिक्तता भर्ना गर्न नयाँ शैली, नयाँ सन्देश र नयाँ विश्वसनीयता निर्माण गर्नुपर्नेछ ।

ओली–मुक्त एमाले सम्भव छ, तर सजिलो छैन

केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय स्तरको शक्तिशाली पार्टी बनाए भन्ने सबैमा भान भएपनि योे तथ्य भने होईन । एमाले जनजनको मनमनमा बस्न सफल भएको भने पूर्व अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने सासनकाल हो ।  तर अहिले समयले सोधिरहेको प्रश्न के हो भने, “ओलीले एमालेलाई आफूभन्दा ठूलो बनाउन सक्छन् ?” यदि उनले संस्थालाई प्राथमिकता दिए, नयाँ पुस्तालाई ठाउँ दिए, र आलोचनाको संस्कार पुनःस्थापित गरे भने, ओलीको नाम असल नेताको रूपमा इतिहासमा अमर हुनेछ । तर यदि उनले पार्टीलाई निरन्तर आफ्नो नियन्त्रणको घेराभित्र राखे भने, त्यो इतिहास एमालेको अन्त्यकर्ताका रूपमा पनि लेखिन सक्छ ।

अन्ततः, एमालेको भविष्य केवल ओलीको उपस्थितिमा होइन, उनले आफूपछि के छोड्छन्  संस्कृति, विचार र संस्था  त्यसमा निर्भर रहनेछ। ‘ओली–मुक्त एमाले’ सम्भव छ, तर त्यसका लागि एमालेजनले ओलीबाट होइन, ओलीवादबाट मुक्त हुने साहस देखाउनु पर्नेछ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending