Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

प्रचण्डको आह्वान : राष्ट्रिय एकता कायम गरी निर्धारित मितिमै निर्वाचनमा जाऔं

ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो

खबरडबली संवाददाता

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा पुगेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान संकटको समाधान राष्ट्रका सबै शक्तिबीचको सहमति, समझदारी र एकताबाट मात्र सम्भव हुने स्पष्ट पारे।

“देशभित्रका सम्पूर्ण वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ। शान्ति सम्झौता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन,” प्रचण्डले भने।

उनका अनुसार अन्तरिम सरकार अहिलेको जटिल परिस्थितिमा गठन भएको हो, जसले आगामी ६ महिनापछि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। “हामीले कुनै हिचकिचाहट र दुविधा नराखी राष्ट्र एकजुट भई निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने देखिएको छ। संविधान संशोधनमार्फत युवाहरूको माग सम्बोधन गर्दै जनताको असन्तोष हटाउनु आवश्यक छ,” उनले भने ।

प्रचण्डले प्रधानमन्त्री सुशील कार्कीको पहलमा भएको सर्वदलीय बैठकमा अधिकांश दलले निर्वाचनमा भाग लिन तयार रहेको जनाउँदै, सो प्रक्रियामा माओवादी केन्द्रले नेतृत्व गरेको दाबी गरे।

प्रचण्डले असोज २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन सरकारले प्रदर्शनकारीमाथि गरेको दमन नेपाली इतिहासमै कहिल्यै नबिर्सिने घटना भएको टिप्पणी गरे।

उनले भने, “सरकारलाई दमन नगर्न चेतावनी दिँदै हामीले आन्दोलन हुनु अघि नै युवाहरूका जायज मागप्रति समर्थन जनाएका थियौं। तर सरकार दमनमा उत्रियो। दर्जनौँ युवाहरू मारिए, घाइते भए। त्यसपछि हामीले हाम्रो अभियान रोकेर तुरुन्तै काठमाडौं आइ दमनको विरोधमा आकस्मिक बैठक बस्यौं।”

उनका अनुसार माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने र तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने मागसहित पहिलो आधिकारिक वक्तव्य सार्वजनिक गरेको थियो। तर, ओलीले राजीनामा नदिएकै कारण देशमा २४ गते भयानक विध्वंस भएको प्रचण्डको आरोप थियो।

प्रचण्डले विध्वंसपछिको राज्यविहीनता जस्तो अवस्थामा पनि आफूले सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग संवाद कायम राख्दै देशलाई ठुलो दुर्घटनाबाट जोगाउन भूमिका खेलेको बताए। “असोज २६ गते राति ९ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रपति भवनमै बसेर हामीले देशको राजनीतिलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गर्‍यौं,” प्रचण्डले भने।

उनले वर्तमान अन्तरिम सरकार जेनजी युवाहरूको मागअनुसार गठन गरिएको र माओवादी केन्द्रले त्यसलाई वैधानिकता दिन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो, त्यसैले यो सरकार वैधानिक हो भन्ने सन्देश जनतासमक्ष पुर्‍याउनु हाम्रो जिम्मेवारी हो,” उनले जोड दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

कलाकार थापाको उपचारका लागि निर्देशक सन्तोष लोहनीको आर्थिक सहयोग

काठमाडौं। करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला ...

फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...

घुस लिँदै गर्दा लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...

भारतीय मुर्रा राँगाको वीर्यको माग उच्च, बाँकेको खजुरामा उत्पादन बढ्दै

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...

शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ विद्यार्थी पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...

व्यवसायी दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...

झापाको अर्जुनधारामा १८ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending