महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा पुगेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान संकटको समाधान राष्ट्रका सबै शक्तिबीचको सहमति, समझदारी र एकताबाट मात्र सम्भव हुने स्पष्ट पारे।
“देशभित्रका सम्पूर्ण वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ। शान्ति सम्झौता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन,” प्रचण्डले भने।
उनका अनुसार अन्तरिम सरकार अहिलेको जटिल परिस्थितिमा गठन भएको हो, जसले आगामी ६ महिनापछि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। “हामीले कुनै हिचकिचाहट र दुविधा नराखी राष्ट्र एकजुट भई निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने देखिएको छ। संविधान संशोधनमार्फत युवाहरूको माग सम्बोधन गर्दै जनताको असन्तोष हटाउनु आवश्यक छ,” उनले भने ।
प्रचण्डले प्रधानमन्त्री सुशील कार्कीको पहलमा भएको सर्वदलीय बैठकमा अधिकांश दलले निर्वाचनमा भाग लिन तयार रहेको जनाउँदै, सो प्रक्रियामा माओवादी केन्द्रले नेतृत्व गरेको दाबी गरे।
प्रचण्डले असोज २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन सरकारले प्रदर्शनकारीमाथि गरेको दमन नेपाली इतिहासमै कहिल्यै नबिर्सिने घटना भएको टिप्पणी गरे।
उनले भने, “सरकारलाई दमन नगर्न चेतावनी दिँदै हामीले आन्दोलन हुनु अघि नै युवाहरूका जायज मागप्रति समर्थन जनाएका थियौं। तर सरकार दमनमा उत्रियो। दर्जनौँ युवाहरू मारिए, घाइते भए। त्यसपछि हामीले हाम्रो अभियान रोकेर तुरुन्तै काठमाडौं आइ दमनको विरोधमा आकस्मिक बैठक बस्यौं।”
उनका अनुसार माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने र तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने मागसहित पहिलो आधिकारिक वक्तव्य सार्वजनिक गरेको थियो। तर, ओलीले राजीनामा नदिएकै कारण देशमा २४ गते भयानक विध्वंस भएको प्रचण्डको आरोप थियो।
प्रचण्डले विध्वंसपछिको राज्यविहीनता जस्तो अवस्थामा पनि आफूले सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग संवाद कायम राख्दै देशलाई ठुलो दुर्घटनाबाट जोगाउन भूमिका खेलेको बताए। “असोज २६ गते राति ९ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रपति भवनमै बसेर हामीले देशको राजनीतिलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गर्यौं,” प्रचण्डले भने।
उनले वर्तमान अन्तरिम सरकार जेनजी युवाहरूको मागअनुसार गठन गरिएको र माओवादी केन्द्रले त्यसलाई वैधानिकता दिन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो, त्यसैले यो सरकार वैधानिक हो भन्ने सन्देश जनतासमक्ष पुर्याउनु हाम्रो जिम्मेवारी हो,” उनले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: