Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

पूर्व राष्ट्रपति बोल्सोनारोको विद्रोह प्रकरणमा सात जनालाई लामो जेल सजाय

खबरडबली संवाददाता

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ ।

यसअघि सेप्टेम्बरमा अदालतले सन् २०२२ को चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि भएको असफल कू प्रयासमा बोल्सोनारोलाई दोषी ठहर गर्दै २७ वर्षको कैद सजाय सुनाएको थियो । त्यसै मुद्दामा उहाँका सातजना वरिष्ठ पूर्व सहयोगीहरू पनि दोषी ठहरिएका थिए ।

यो प्रकरणले वासिङ्टनसँग कूटनीतिक तनाव सिर्जना गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका अधिकारीले आफ्ना पुराना सहयोगी बोल्सोनारोविरुद्ध ‘राजनीतिक प्रतिशोध साँध्ने’ काम गरिरहेको आरोप लगाउँदै ब्राजिलका उत्पादनमा उच्च भन्सार शुल्क लगाएको दाबी गरेको छन् ।

मङ्गलबारको फैसलामा अदालतले एक सङ्घीय प्रहरी अधिकारी, पाँच जना सैनिक र स्वतन्त्र चुनावी लेखापरीक्षण संस्थानका अध्यक्षलाई इलेक्ट्रोनिक मतदान प्रणालीबारे गलत सूचना फैलाएको अभियोगमा दोषी ठहर गरेको न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बताए।

“यी व्यक्तिले सामाजिक अराजकता र राजनीतिक अस्थिरता सिर्जना गर्ने उद्देश्यले चुनावी प्रक्रियामाथि झुटा आख्यान फैलाए”, न्यायाधीश मोरेसले भने। बोल्सोनारो मुद्दाका कारण वासिङ्टनले उहाँमाथि प्रतिबन्ध लगाएको छ । सजायको अवधि सात वर्षदेखि १७ वर्षसम्म तोकिएको छ । दोषी ठहरिएका व्यक्तिले पाँच दिनभित्र अपील गर्न सक्ने छन् ।

अगस्टदेखि नजरबन्दमा रहेका बोल्सोनारोलाई अहिले सोसल मिडियामा अभिव्यक्ति दिन प्रतिबन्ध लगाइएको छ । उहाँ आफ्नो सजायको औपचारिक प्रकाशनको प्रतीक्षामा हुनुहुन्छ, जसपछि उहाँका वकिलले अपील दर्ता गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले आगामी हप्तामा यसै प्रकरणमा संलग्न अन्य १६ जनामाथि पनि सजाय सुनाउने तयारी गरिरहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् ।  अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...

अर्थमन्त्रीले गल्ती स्वीकारिसक्नुभयो, अब नैतिक रूपमा पदमा बसिरहन मिल्दैन: वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...

सुधन गुरुङसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...

प्रश्न गर्ने सांसदलाई ‘फाइल खोल्ने’ चेतावनी दिनु संसदीय मर्यादाविपरीत : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending