ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ ।
यसअघि सेप्टेम्बरमा अदालतले सन् २०२२ को चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि भएको असफल कू प्रयासमा बोल्सोनारोलाई दोषी ठहर गर्दै २७ वर्षको कैद सजाय सुनाएको थियो । त्यसै मुद्दामा उहाँका सातजना वरिष्ठ पूर्व सहयोगीहरू पनि दोषी ठहरिएका थिए ।
यो प्रकरणले वासिङ्टनसँग कूटनीतिक तनाव सिर्जना गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका अधिकारीले आफ्ना पुराना सहयोगी बोल्सोनारोविरुद्ध ‘राजनीतिक प्रतिशोध साँध्ने’ काम गरिरहेको आरोप लगाउँदै ब्राजिलका उत्पादनमा उच्च भन्सार शुल्क लगाएको दाबी गरेको छन् ।
मङ्गलबारको फैसलामा अदालतले एक सङ्घीय प्रहरी अधिकारी, पाँच जना सैनिक र स्वतन्त्र चुनावी लेखापरीक्षण संस्थानका अध्यक्षलाई इलेक्ट्रोनिक मतदान प्रणालीबारे गलत सूचना फैलाएको अभियोगमा दोषी ठहर गरेको न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बताए।
“यी व्यक्तिले सामाजिक अराजकता र राजनीतिक अस्थिरता सिर्जना गर्ने उद्देश्यले चुनावी प्रक्रियामाथि झुटा आख्यान फैलाए”, न्यायाधीश मोरेसले भने। बोल्सोनारो मुद्दाका कारण वासिङ्टनले उहाँमाथि प्रतिबन्ध लगाएको छ । सजायको अवधि सात वर्षदेखि १७ वर्षसम्म तोकिएको छ । दोषी ठहरिएका व्यक्तिले पाँच दिनभित्र अपील गर्न सक्ने छन् ।
अगस्टदेखि नजरबन्दमा रहेका बोल्सोनारोलाई अहिले सोसल मिडियामा अभिव्यक्ति दिन प्रतिबन्ध लगाइएको छ । उहाँ आफ्नो सजायको औपचारिक प्रकाशनको प्रतीक्षामा हुनुहुन्छ, जसपछि उहाँका वकिलले अपील दर्ता गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले आगामी हप्तामा यसै प्रकरणमा संलग्न अन्य १६ जनामाथि पनि सजाय सुनाउने तयारी गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...




प्रतिकृया लेख्नुहोस्: