Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

राजनीतिक संस्कृतिको उज्यालो दियोः मोहन वैद्यको नैतिक विदाई

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली राजनीतिमा राजनीतिक संस्कृतिको संकट गहिरिँदै गएको छ । पद र शक्तिको सिँढी चढेपछि तल झर्ने चलन विरलै भेटिन्छ। विशेष गरी कम्युनिस्ट राजनीतिमा नेतृत्वमा पुगेपछि आफैं चढेको भर्याछङ भत्काइदिने संस्कृतिले संस्थागत रूप पाइसकेको छ।

यस्तो संस्कृतिभित्र ८० वर्षीय कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’ ले पार्टी नेतृत्वबाट अलग हुने निर्णय गरेका छन् । स्वास्थ्य कारण देखाउँदै उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पद सहकर्मी सीपी गजुरेललाई हस्तान्तरण गरेका हुन्।

यस निर्णयसँगै वैद्यले फेरि एकपटक राजनीति केवल पद होइन, एजेन्डा र नैतिकताको अभ्यास रहेको देखाए   ।

नेतृत्व नछाड्ने कम्युनिस्ट रोग

नेपालमा कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणभन्दा पनि शक्ति केन्द्रित गर्ने प्रवृत्ति गढिसकेको छ। सोभियत संघका स्टालिनदेखि चीनका माओ, भियतनामका होचिमिन्ह र उत्तर कोरियाका किम इल–सुङसम्म नेतृत्व स्वेच्छाले हस्तान्तरण भएको इतिहास विरलै भेटिन्छ । रोमानियाका निकोलाय चाउचेस्कु त सत्ता र पार्टीमा टाँसिएकै कारण जनआक्रोशमा मारिए।

नेपाल पनि त्यसैबाट अछुतो छैन । मोहनविक्रम सिंह २०३१ सालदेखि निरन्तर नेतृत्वमा छन्। नारायणमान बिजुक्छे चार दशकदेखि पार्टी अध्यक्ष छन्। माधवकुमार नेपाल, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सबै आफ्नो पार्टीका नेतृत्वमा दशकौंदेखि जकडिएका छन् ।  पार्टी विधान नै परिमार्जन गरेर “आजीवन अध्यक्ष” बन्ने बाटो खोल्ने अभ्याससम्म पुगेका ओलीको जिद्दी त्यसको प्रत्यक्ष उदाहरण हो।

यस्तो पृष्ठभूमिमा वैद्यको निर्णय अँध्यारोमा जुनकिरीझैं बनेको छ । जहाँ पद र शक्तिको मोहबीच नैतिकताको आवाज उठेको छ।

एजेन्डाका सेवकस् वैद्यको राजनीतिक यात्राको अर्थ

मोहन वैद्यको राजनीतिक जीवन निरन्तर संघर्षको कथा हो ।  विद्रोह, भूमिगत जीवन, जेल, विभाजन र पुनर्गठन। उनले आफूले मानेको विचारको पक्षमा कहिल्यै सम्झौता गरेनन्। पार्टी सानो भयो, प्रभाव सीमित रह्यो, तर उनले पद र प्रतिष्ठाका लागि आफ्नो एजेन्डा बेचेका छैनन्।

“क्रान्ति अधूरो रह्यो, शान्ति स्थायी बन्न सक्दैन,” भन्ने उनको अडान आज पनि अटल छ। संसदीय राजनीतिलाई अस्वीकार गरेर उनले विचारको शुद्धता रोजे। सामाजिक रूपान्तरणका लागि जीवनभर राजनीति र साहित्यलाई समानान्तर रूपमा अघि बढाएका छन् ।  उनी अझै भन्छन् “शरीर थाक्यो होला, विचार छैन।”

कम्युनिस्ट नेतृत्वप्रति प्रश्न

वैद्यको यो कदमले नेपाली कम्युनिस्ट आन्दोलनमा गहिरो प्रश्न उठाएको छ ।  के पार्टी, विचार र आन्दोलन सधैं एउटै व्यक्तिको वरिपरि मात्र घुमिरहनुपर्ने हो ?  के नेतृत्व आजीवन हुने अभ्यास नै कम्युनिस्ट मूल्य हो ?

कार्ल मार्क्सले त लोकतान्त्रिक अभ्यासको पक्षमा वकालत गरेका थिए। तर व्यवहारमा कम्युनिस्ट आन्दोलनले शक्ति एक व्यक्तिमा केन्द्रित गर्ने प्रवृत्तिलाई नै परम्परा बनायो । त्यसकै परिणाम हो । सोभियत संघदेखि माओवादी आन्दोलनसम्म चिरा, अविश्वास र जनदूरी। 

नेपालमा पनि नेताहरू परिवर्तन नभएर पार्टी फुटेका अनेक उदाहरण छन्। प्रचण्डप्रति असन्तुष्ट वैद्यले अलग बाटो रोजे, तर वैद्यकै पार्टी पनि विभाजनबाट अछुतो रहन सकेन।

राजनीतिक नैतिकताको इतिहास

वैद्यको नैतिकताको कथा नयाँ होइन । २०४३ सालको “सेक्टर काण्ड” पछि उनले असफल विद्रोहको जिम्मेवारी लिँदै महासचिव पद त्यागेका थिए ।  आज फेरि चार दशकपछि उही चरित्र दोहोरिएको छ ।  उनी फेरि एकपटक पदभन्दा माथि उठेका छन्।  प्रचण्डजस्ता नेताहरूले “मैले छोडे सबै भताभुङ्ग हुन्छ” भन्दै पदमा टाँसिइरहँदा वैद्यले उल्टो सन्देश दिएका छन् । नेतृत्व हस्तान्तरणले आन्दोलन कमजोर होइन, अझ बलियो हुन्छ।

साहित्य र राजनीति स् दुई धार, एउटै लक्ष्य

राजनीतिमा ‘किरण’ र साहित्यमा ‘चैतन्य’ उपनामले चिनिने वैद्य सौन्दर्य चिन्तक पनि हुन्। उनले खण्डकाव्य, निबन्ध, दर्शन र राजनीति विषयका एक दर्जन पुस्तक लेखेका छन् । संस्कृतमा शिक्षित, मार्क्सवादी सौन्दर्यशास्त्रका अध्येता वैद्यका लागि साहित्य र राजनीति मानव मुक्ति अभियानका दुई धार हुन्।

उनको लेखनले सन्देश दिन्छ विचारलाई शब्दमा रूपान्तरण गर्नु पनि क्रान्तिको एक रूप हो।

सीमितता र सन्देश

स्वास्थ्य कमजोर हुँदै जाँदा पनि वैद्य विचारमा दृढ छन् । उनले स्वीकारेका छन् । “हामीले क्रान्तिकारी शक्तिलाई गोलबद्ध गर्न सकेनौं।” तर उनले राजनीति त्यागेका छैनन्, केवल कार्यकारी पद छाडेका हुन् ।

अब उनी पार्टी सल्लाहकार र विशेष समितिका सदस्यका रूपमा रहिरहनेछन् ।  नवनियुक्त महासचिव सीपी गजुरेलका शब्दमा “वैद्यले राजनीति पद होइन, एजेन्डा हो भन्ने सन्देश दिएका छन्।”

पदभन्दा माथि नैतिकता

राजनीतिक संस्कृतिको उज्यालो दियो स् मोहन वैद्यको नैतिक विदाई  मोहन वैद्यको निर्णय नेपाली राजनीतिमा दुर्लभ दृश्य हो  । जहाँ पदलोलुपता सामान्य र नैतिकता असामान्य भइसकेको छ। उनले सानो स्वरमा ठूलो सन्देश दिएका छन् । “राजनीति पद होइन, मूल्य हो।”

सत्ताको भताभुङ्ग, विचारको बिखण्डन र नैतिकताको खडेरीबीच उनको कदमले राजनीतिक संस्कृतिमा नयाँ आशाको उज्यालो देखाएको छ अँध्यारोमा झिलिमिली गर्ने जुनकिरीझैं।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending