Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने ट्रम्पको चेतावनी

खबरडबली संवाददाता

वासिङ्टन। हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने छ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिने छन् । ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल गएको छन । 

सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उहाँसहित यस पहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूत इजरायलमा रहनुभएको हो । ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भने, “हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्ने छन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नु पर्ने छ ।” 

उहाँले भन्नुभयो, “यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जाने छ र हामी तिनीहरूलाई निर्मूल पारिने छ । उनीहरूलाई यो थाहा छ ।” ट्रम्पले करिब दुई साताअघि गाजा सम्झौतामा मध्यस्थता गर्न सहयोग गर्नु भएको थियो । तर इजरायलले हमासलाई मृत बन्धक हस्तान्तरण गर्न ढिलाइ गरी आक्रमण सुरु गरेको आरोप लागेको छ । सम्झौताको बारम्बार उल्लङ्घन गरिएमा सम्झौता भङ्ग हुने जोखिम रहने छ ।

यद्यपि, हमासका शीर्ष वार्ताकार खलिल अल(हयाले इजिप्टको अल(काहेरा न्यूजसँग भने, “समूह अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध छ ।” “हामीलाई शव निकाल्न निकै गाह्रो भइरहेको छ, तर हामी गम्भीर छौँ र तिनीहरूलाई निकाल्न कडा मेहनत गरिरहेका छौँ,” उनले मङ्गलबार बिहान प्रसारित टिप्पणीमा भने ।

उनले भने, “गाजा सम्झौता कायम रहने छ, किनकि हामी यो चाहन्छौं र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ ।” ट्रम्पले लडाकू समूहलाई आफ्ना प्रतिद्वन्द्वीहरू र कथित सहयोगीको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिएको छन् । हमासले ध्वस्त क्षेत्रमा आफ्नो पकड पुन: स्थापित गर्न खोजिरहेको र प्रतिद्वन्द्वीलाई निशाना बनाइरहेको छ । 

यद्यपि ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौं देशसँग संलग्न हुने र सहयोग गर्ने बताए ।  ट्रम्पले भने, “यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ ।” राष्ट्रपति ट्रम्पले भने, “तर अहिले, हामीले त्यसो भनेका छैनौं । हामी समूहलाई मौका दिइरहेका छौँ आशा छ हिंसा कम हुँदै जाने छ । तर अहिले, तपाईंलाई थाहा छ, तिनीहरू हिंस्रक मानिस हुन् ।” 

“तिनीहरू धेरै उग्र भए, उनीहरूले गर्न नहुने काम गरेभने हामी गाजामा जान इजरायललाई अनुमति दिने छौँ । त्यसपछिको परिस्थिति धेरै छिटो र धेरै हिंस्रक हुन सक्छ ।” ट्रम्पले हमास अब निकै कमजोर भएको र खास गरी क्षेत्रीय समर्थक इरानले यस वर्ष अमेरिका र इजरायली आक्रमणपछि आफ्नो पक्षमा कदम चाल्ने सम्भावना नरहेको पनि बताए। 

“उनीहरूसँग अब वास्तवमा कसैको समर्थन छैन । तिनीहरू सुध्रिनुु पर्दछ र यदि त्यसो गरेनन् भने तिनीहरू निर्मूल हुने छन्,” राष्ट्रपति ट्रम्पले जोड दिए। प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नरले सोमबार नेतान्याहूसँग भेट गरी क्षेत्रीय विकास र अपडेटबारे छलफल गरेको थिए।

भान्स र उनकी पत्नी विहानै पत्रकारसँग कुनै टिप्पणी नगरी वाशिङ्गटनबाट इजरायल जानुभएको छ । उहाँहरुले नेतान्याहुसँग पनि भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् ।  अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...

अर्थमन्त्रीले गल्ती स्वीकारिसक्नुभयो, अब नैतिक रूपमा पदमा बसिरहन मिल्दैन: वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...

सुधन गुरुङसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...

प्रश्न गर्ने सांसदलाई ‘फाइल खोल्ने’ चेतावनी दिनु संसदीय मर्यादाविपरीत : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending