काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार, उनको शव फ्लाई दुबईको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण गर्ने तालिका छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दुःखद खबरले आफू स्तब्ध भएको बताएका छन् । मन्त्री घिसिङले दिउँसो तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोशीको पार्थिव शरीर बुझ्न र श्रद्धाञ्जली अर्पण गर्न जाने बताए । उनले विपिन जोशीको अकाल निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
विपिन जोशीले जीवनको अन्तिम त्रासदीपूर्ण क्षणमा पनि अपूर्व साहस, बहादुरी र त्याग देखाउँदै अन्य धेरै साथीहरूको जीवन बचाएको मन्त्री घिसिङले स्मरण गरे । उनले विपिनको यो वीरतापूर्ण कार्य उनको जीवनको सर्वोच्च विरासत भएको र यसले हामी सबैलाई उनीप्रति सदासर्वदा गौरवान्वित बनाइरहने बताए । घिसिङले विपिनलाई नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहने उल्लेख गरे ।
मन्त्री घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई, यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको र हाम्रो प्रणालीको डरलाग्दो ऐना भएको बताए । उनले यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जाने अवस्थाको चित्रण गर्ने दुखेसो पोखे ।
यस विषम परिस्थिति अन्त्य गर्न र हरेक नेपालीले नेपालमै बसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविष्य सिर्जना गर्नका लागि सबै एक भएर लाग्न उनले आम नेपाली जनसमुदायमा अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: