Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बङ्गुर र बाख्रापालन गरेर आत्मनिर्भर बन्दै महिला

\"pigपर्वत । पर्वतको दक्षिणी भेगका पाँच गाविसका महिला बाख्रा र बङ्गुरपालन गरेर आत्मनिर्भर बन्न थालेका छन् । पर्वतको शालिग्राम, रानीपानी, बर्राचौर, बाच्छा र पाङ्गराङ्ग गाविसका सबै घरधुरीका महिलाले बाख्रा र बङ्गुरपालन सुरु गरेका हुन् । आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत यी गाविसका महिलाले बाख्रा र बङ्गुरपालन सुरु गरेका हुन् । यहाँका हरेक घरधुरीका महिला आबद्ध भएका समूहले बाख्रा र बङ्गुरपालन गरेका छन् । महिला समूहका सदस्यका प्रत्येक घरमा दुई÷दुईवटा माउ बाख्रा र बङ्गुर रहेका छन् । ‘आत्मनिर्भर बन्नका लागि आफैं व्यावसायिक बन्न थालेका हौं । ’ रानीपानी–६ को दलित उत्थान महिला समूहकी अध्यक्ष चन्द्रकला परियारले भनिन् । पाङ्गराङ्गमा रहेको शिवालय महिला समूहका महिला पनि बाख्रा र बङ्गुरपालनमा सक्रिय रहेको विष्णु नेपाली बताउँछिन् । उनीहरुले बाख्रापालनसँगै तरकारी खेती पनि थालेका छन् । दुर्गम र पिछडिएका यी गाउँमा डेढ वर्षपहिले देखि सञ्चालित दिगो जीविकोपार्जनका लागि बङ्गुर तथा बाख्रापालन कार्यक्रमले गाउँमा दिदी र बहिनी समूह बनाएको छ । अहिलेसम्म गठन भएका ८१ समूहमध्ये २७ दिदी समूह र ५४ बहिनी समूह रहेका छन् । अहिलेसम्म सबै समूहका सदस्यलाई एक हजार २२४ बाख्रा र ४४७ बङ्गुर बितरण गरिएको छ । समूहका लागि ४८ उन्नत जातका बोका तथा विर्य वितरण गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले जानकारी दिए । प्लान इन्टरनेसनलकी निमित्त क्षेत्रिय निर्देशक रितु आचार्य महिलामा छोटो समयमा नै ठूलो परिर्वतन आएको बताउँछन् । ‘आधारशिला तालिम र नियमित बैठकपछि महिलामा चेतना तथा सहकार्यमा ठूलो परिर्वतन आएको छ’ ,उनले भने, ‘आयआर्जन र चेतनामा आएको परिर्वतनले उनीहरुलाई आत्मनिर्भर र स्वाभिमानी बनाएको छ ।’ पर्वतको दक्षिण क्षेत्रमा चरन र बजारको समेत सम्भावना भएकाले बाख्रापालन तथा बङ्गुरपालनका लागि उपयुक्त मानिन्छन् । यी गाविसलाई बाख्राको स्रोत केन्द्रका रुपमा विकास गर्न सकिने वरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending