काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेको छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेको हो ।
उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उनले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारेको थिए । उनीहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएको थिए।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: