Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भदौ २४ का घटनामा संलग्नकाे पहिचान भइरहँदा अदालतमा मुद्दाकाे ओइराे

खबरडबली संवाददाता

काठमाडौँ ।  भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ केवल सडकको आक्रोश मात्रै रहेन, त्यो दिन देशभर फैलिएको विध्वंस र त्यसपछिको कानुनी हलचल अहिले पनि सुस्ताएको छैन। प्रहरी प्रशासनले ती घटनामा संलग्नहरूविरुद्ध धमाधम मुद्दा दर्ता गर्न थालेसँगै देश पुनः कानुनी निर्णायक मोडमा प्रवेश गरेको छ।

त्यो दिन काठमाडौँ, ललितपुरदेखि उपत्यकाका विभिन्न क्षेत्रमा सार्वजनिक सम्पत्ति जलाइयो, सरकारी भवनमा तोडफोड गरियो, निजी घरहरूमासमेत आक्रमण भयो। अहिले ती क्षणहरूका भिडियो, फोटो, सीसीटीभी फुटेज प्रमाण बनेका छन्। प्रहरीका अनुसन्धान प्रतिवेदनहरू सरकारी वकिलको टेबलमा पुग्दैछन्, अदालतमा मुद्दाहरू खुलेर अगाडि बढिरहेका छन्।

ललितपुरको पहिलो मुद्दाः पूर्वमन्त्रीको घरबाट सुरु

सबैभन्दा चर्चित मुद्दा ललितपुरको भैंसेपाटीको हो । जहाँ पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा आगजनी र तोडफोड भयो। प्रहरीले पक्राउ गरेका दुई जना । उदयपुरका सुजन सेवा र महोत्तरीका सञ्जय परियारमाथि आपराधिक उपद्रव, डाँकाचोरी र एकीकृत कसुरमा मुद्दा दर्ता भइसकेको छ।

उनहरूको साथबाट सुन, चाँदीका मूर्तिहरू, नगद, अमेरिकी डलर र भारतीय नोटहरू बरामद भएको प्रहरीले जनाएको छ। कार्कीको घरमा भएको क्षतिको मूल्याङ्कन ७६ लाख ७८ हजार रुपैयाँ गरिएको छ, जसअनुसार त्यति नै बिगो रकमसहित पीडित राहत कोषमा क्षतिपूर्ति माग गरिएको छ।

विद्युत प्राधिकरणका पूर्वनिर्देशक शाक्यको घर लुटपाट

उही दिन ललितपुरकै अर्को इलाकामा  नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि लुटपाट भयो। शाक्यकी श्रीमती करुणा शाक्यको जाहेरीका आधारमा चार जना  सेराज आलम, फुर्साङ लामा, सहजाद मियाँ र मनिष सुनारमाथि डाँकाचोरी अभियोगमा मुद्दा दर्ता भएको छ।

प्रहरीले उनीहरूलाई घटनास्थलका प्रमाण र बयानका आधारमा पक्राउ गरेको थियो, जसमा सेराज आलम अझै हिरासतमै छन्। ५० लाखभन्दा बढी बिगोसहित क्षतिपूर्तिको माग गरिएको छ।

हरिसिद्धि प्रहरी प्रभागमा आगजनी  हातहतियार लुटपाट

उही दिन ललितपुरकै हरिसिद्धि प्रहरी प्रभागमा भएको आगजनी र लुटपाट घटनामा दीपक राई नामका एक युवकमाथि मुद्दा दर्ता भएको छ। उनको कोठाबाट पेस्तोल, म्याग्जिन र गोली बरामद गरिएको छ। प्रहरी प्रतिवेदनअनुसार उनले आगजनीपछि प्रहरीको हातहतियार र गोली गठ्ठा लुटेका थिए। क्षति मूल्याङ्कन ८८ लाख ४३ हजार रुपैयाँभन्दा बढी गरिएको छ। यो मुद्दा अहिले ललितपुर जिल्ला अदालतमा विचाराधीन छ।

महाराजगञ्जमा प्रहरी हत्या र आन्दोलनको अन्धकार पक्ष

सबैभन्दा दुखद घटना भने महाराजगञ्जमा भएको प्रहरी हत्या हो। त्यो दिन प्रहरी वृत्त महाराजगञ्जमा खटिएका असई मिलन राय र जवान उत्तम थापाको निर्मम हत्या भएको थियो। प्रहरी प्रतिवेदन अनुसार, प्रहरीलाई लखेटी बाहिर निकाली, टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

घटनामा संलग्न भनिएका युवराज क्याप्छाकी र सोनाम तामाङ भनिने बुद्धिलाल थिङमाथि ज्यान मुद्दा दर्ता भएको छ। दुवैले बयानका क्रममा घटनामा संलग्नता स्वीकार गरेका छन्। यदि अभियोग पुष्टि भयो भने उनीहरूलाई जन्मकैदसम्मको सजाय हुनसक्छ।

टेकुमा अपराध अनुसन्धान कार्यालयमा तोडफोड

त्यो दिन टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा समेत आगजनी र तोडफोड भयो। त्यहाँ भारतीय नागरिक निरज पोद्दार, दोलखाका लक्ष्मण थामी र काठमाडौंका सजन तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता भएको छ। पोद्दारले तोडफोड र ढुंगामुढा गरेको बयान दिएका छन् भने थामी र तामाङले प्रहरी भवनमा आगजनीमा संलग्न भएको स्वीकार गरेका छन्।

जनसेवा प्रहरी वृत्तमा पेट्रोल बम प्रहार

काठमाडौँकै विशाल बजारस्थित जनसेवा प्रहरी वृत्तमा पनि त्यसदिन आगजनी भएको थियो । घटनामा सुनसरीका सुजल साह सोनार र भारतीय नागरिक रोहित सारवागी संलग्न रहेको अभियोगमा मुद्दा दर्ता भएको छ। प्रहरीले घटनास्थलका सीसीटीभी फुटेज र अभियुक्तहरूको बयानलाई प्रमाणको रूपमा अदालतमा पेश गरेको छ।

न्यायिक यात्रा सुरु  प्रश्नहरू अझ बाँकी

जेनजी आन्दोलनका क्रममा व्यापक विध्वंसपछि अहिले मुलुक कानुनी प्रक्रियाको नयाँ चरणमा प्रवेश गरेको छ। दर्जनौँ मुद्दा दर्ता भइरहेका छन्, सयौँ पक्राउ परेका छन्, तर प्रश्न उस्तै छ । के यो कानुनी कारबाहीले राजनीतिक आन्दोलनका घाउ निको पार्न सक्छ?

कसले तोड्यो सीमा  राज्य कि नागरिकले?

न्यायिक प्रक्रियासँगै पीडितका घरमा अझै डर छ, अनि सडकमा त्यही आक्रोशको प्रतिध्वनि सुन्न सकिन्छ। भदौ २४ को त्यो दिन  जसले आन्दोलनलाई विध्वंसको रूप दियो । अहिले अदालतको कागजमा केवल मुद्दा बनेर बाँचेको छ।  तर त्यस दिनका चर्का आवाज, आगोको उज्यालो र धुवाँको गन्ध अझै देशको सम्झनामा बाँकी छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: