Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भदौ २४ का घटनामा संलग्नकाे पहिचान भइरहँदा अदालतमा मुद्दाकाे ओइराे

खबरडबली संवाददाता

काठमाडौँ ।  भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ केवल सडकको आक्रोश मात्रै रहेन, त्यो दिन देशभर फैलिएको विध्वंस र त्यसपछिको कानुनी हलचल अहिले पनि सुस्ताएको छैन। प्रहरी प्रशासनले ती घटनामा संलग्नहरूविरुद्ध धमाधम मुद्दा दर्ता गर्न थालेसँगै देश पुनः कानुनी निर्णायक मोडमा प्रवेश गरेको छ।

त्यो दिन काठमाडौँ, ललितपुरदेखि उपत्यकाका विभिन्न क्षेत्रमा सार्वजनिक सम्पत्ति जलाइयो, सरकारी भवनमा तोडफोड गरियो, निजी घरहरूमासमेत आक्रमण भयो। अहिले ती क्षणहरूका भिडियो, फोटो, सीसीटीभी फुटेज प्रमाण बनेका छन्। प्रहरीका अनुसन्धान प्रतिवेदनहरू सरकारी वकिलको टेबलमा पुग्दैछन्, अदालतमा मुद्दाहरू खुलेर अगाडि बढिरहेका छन्।

ललितपुरको पहिलो मुद्दाः पूर्वमन्त्रीको घरबाट सुरु

सबैभन्दा चर्चित मुद्दा ललितपुरको भैंसेपाटीको हो । जहाँ पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा आगजनी र तोडफोड भयो। प्रहरीले पक्राउ गरेका दुई जना । उदयपुरका सुजन सेवा र महोत्तरीका सञ्जय परियारमाथि आपराधिक उपद्रव, डाँकाचोरी र एकीकृत कसुरमा मुद्दा दर्ता भइसकेको छ।

उनहरूको साथबाट सुन, चाँदीका मूर्तिहरू, नगद, अमेरिकी डलर र भारतीय नोटहरू बरामद भएको प्रहरीले जनाएको छ। कार्कीको घरमा भएको क्षतिको मूल्याङ्कन ७६ लाख ७८ हजार रुपैयाँ गरिएको छ, जसअनुसार त्यति नै बिगो रकमसहित पीडित राहत कोषमा क्षतिपूर्ति माग गरिएको छ।

विद्युत प्राधिकरणका पूर्वनिर्देशक शाक्यको घर लुटपाट

उही दिन ललितपुरकै अर्को इलाकामा  नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि लुटपाट भयो। शाक्यकी श्रीमती करुणा शाक्यको जाहेरीका आधारमा चार जना  सेराज आलम, फुर्साङ लामा, सहजाद मियाँ र मनिष सुनारमाथि डाँकाचोरी अभियोगमा मुद्दा दर्ता भएको छ।

प्रहरीले उनीहरूलाई घटनास्थलका प्रमाण र बयानका आधारमा पक्राउ गरेको थियो, जसमा सेराज आलम अझै हिरासतमै छन्। ५० लाखभन्दा बढी बिगोसहित क्षतिपूर्तिको माग गरिएको छ।

हरिसिद्धि प्रहरी प्रभागमा आगजनी  हातहतियार लुटपाट

उही दिन ललितपुरकै हरिसिद्धि प्रहरी प्रभागमा भएको आगजनी र लुटपाट घटनामा दीपक राई नामका एक युवकमाथि मुद्दा दर्ता भएको छ। उनको कोठाबाट पेस्तोल, म्याग्जिन र गोली बरामद गरिएको छ। प्रहरी प्रतिवेदनअनुसार उनले आगजनीपछि प्रहरीको हातहतियार र गोली गठ्ठा लुटेका थिए। क्षति मूल्याङ्कन ८८ लाख ४३ हजार रुपैयाँभन्दा बढी गरिएको छ। यो मुद्दा अहिले ललितपुर जिल्ला अदालतमा विचाराधीन छ।

महाराजगञ्जमा प्रहरी हत्या र आन्दोलनको अन्धकार पक्ष

सबैभन्दा दुखद घटना भने महाराजगञ्जमा भएको प्रहरी हत्या हो। त्यो दिन प्रहरी वृत्त महाराजगञ्जमा खटिएका असई मिलन राय र जवान उत्तम थापाको निर्मम हत्या भएको थियो। प्रहरी प्रतिवेदन अनुसार, प्रहरीलाई लखेटी बाहिर निकाली, टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

घटनामा संलग्न भनिएका युवराज क्याप्छाकी र सोनाम तामाङ भनिने बुद्धिलाल थिङमाथि ज्यान मुद्दा दर्ता भएको छ। दुवैले बयानका क्रममा घटनामा संलग्नता स्वीकार गरेका छन्। यदि अभियोग पुष्टि भयो भने उनीहरूलाई जन्मकैदसम्मको सजाय हुनसक्छ।

टेकुमा अपराध अनुसन्धान कार्यालयमा तोडफोड

त्यो दिन टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा समेत आगजनी र तोडफोड भयो। त्यहाँ भारतीय नागरिक निरज पोद्दार, दोलखाका लक्ष्मण थामी र काठमाडौंका सजन तामाङमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता भएको छ। पोद्दारले तोडफोड र ढुंगामुढा गरेको बयान दिएका छन् भने थामी र तामाङले प्रहरी भवनमा आगजनीमा संलग्न भएको स्वीकार गरेका छन्।

जनसेवा प्रहरी वृत्तमा पेट्रोल बम प्रहार

काठमाडौँकै विशाल बजारस्थित जनसेवा प्रहरी वृत्तमा पनि त्यसदिन आगजनी भएको थियो । घटनामा सुनसरीका सुजल साह सोनार र भारतीय नागरिक रोहित सारवागी संलग्न रहेको अभियोगमा मुद्दा दर्ता भएको छ। प्रहरीले घटनास्थलका सीसीटीभी फुटेज र अभियुक्तहरूको बयानलाई प्रमाणको रूपमा अदालतमा पेश गरेको छ।

न्यायिक यात्रा सुरु  प्रश्नहरू अझ बाँकी

जेनजी आन्दोलनका क्रममा व्यापक विध्वंसपछि अहिले मुलुक कानुनी प्रक्रियाको नयाँ चरणमा प्रवेश गरेको छ। दर्जनौँ मुद्दा दर्ता भइरहेका छन्, सयौँ पक्राउ परेका छन्, तर प्रश्न उस्तै छ । के यो कानुनी कारबाहीले राजनीतिक आन्दोलनका घाउ निको पार्न सक्छ?

कसले तोड्यो सीमा  राज्य कि नागरिकले?

न्यायिक प्रक्रियासँगै पीडितका घरमा अझै डर छ, अनि सडकमा त्यही आक्रोशको प्रतिध्वनि सुन्न सकिन्छ। भदौ २४ को त्यो दिन  जसले आन्दोलनलाई विध्वंसको रूप दियो । अहिले अदालतको कागजमा केवल मुद्दा बनेर बाँचेको छ।  तर त्यस दिनका चर्का आवाज, आगोको उज्यालो र धुवाँको गन्ध अझै देशको सम्झनामा बाँकी छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending