Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रचण्डको नयाँ सन्देशः ओली रहुन्जेल एमालेसँग एकता हुँदैन

खबरडबली संवाददाता

धादिङ। पछिल्लाे समय नेपाली राजनीतिक तरंग फेरि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ फर्किएको छ। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले बोलेका केही वाक्यहरूले नेपालको बाम राजनीति फेरि तरल हुने सङ्केत देखिएकाे हाे । 

साे क्रममा उनले “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”  यस वाक्यले न केवल एमाले र माओवादीबीचको पुरानो सम्बन्ध र टुटेको भरोसालाई सम्झाइदिन्छ, बरु अहिलेको बाम राजनीतिक समीकरणमा नयाँ सम्भावनाको झिल्को पनि देखाउँछ।

प्रचण्डले ओली नेतृत्वमा असहमति प्रष्ट पार्दै, त्यो नेतृत्व परिवर्तन भए “एकताको बाटो पुनः खुल्न सक्ने” सङ्केत दिए। उनका अनुसार, समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग पनि तिहारपछि एकता प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।

त्यसैबीच उनले फागुन २१ को निर्वाचनलाई पार्टीको प्रमुख एजेन्डा बनाउने घोषणा गरे।उनका शब्दमा, “हामी युवासँग जोडिँदैछौं, जेनजी पुस्तासँग संवादमा छौं। उनीहरूले माओवादीको विचार र मार्गदर्शनलाई फेरि सही ठहर गर्न थालेका छन्।”

प्रचण्डको यो भनाइ केवल ओलीविरुद्धको असन्तोष मात्र होइन, बरु भावी बाम एकताको सम्भाव्य सूत्र पनि हुन सक्छ। उनको भाषणले एमालेसँगको दूरी नेताले बनाएको हो, विचारले होइन भन्ने सन्देश दिएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending