काठमाडौं। श्रीलंकाको अदालत परिसरमै कुख्यात भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको खुलेको छ। नेपाल प्रहरीसँगको समन्वयमा गरिएको विशेष अपरेसनमा सञ्जीवाको हत्यामा संलग्न ६ जना आरोपी काठमाडौं र भक्तपुरमा बसेको अवस्थामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन्। उनीहरूमध्ये इसारा सेउबन्दी ७ फागुन २०८० मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको हत्याकाण्डकी मुख्य अभियुक्त हुन्।
उनविरुद्ध इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। नेपालमा उनीहरू बसेको जानकारी श्रीलंका दूतावासको चासोपछि प्रहरीले निगरानी थालेको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) बाट टोली परिचालित थियो।
पक्राउ परेका सबै आरोपी केहेलबड्डरा पद्ये समूहसँग जोडिएका रहेका छन्। यस समूहले मलेसिया र दुबईबाट अपराध र्याकेट चलाउँदै आएको प्रहरीले जनाएको छ। सञ्जीवाको हत्याको मुख्य योजनाकार पद्ये नै रहेको स्थानीय समाचार संस्थाहरूले पनि उल्लेख गरेका छन्।
इसारा सेउबन्दी भक्तपुरमा कोठा भाडामा लिएर बसेकी थिइन्। घरबेटीलाई आफू भारतीय नागरिक भएको बताएर बसिरहेकी उनी प्रायः कोठामै बस्ने गरेको पाइएको छ। हत्यामा संलग्न सुटर दिलसन पियुमंगालाई घटनाकै दिन श्रीलंकन प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानले देखाएको छ कि इसाराले अदालत परिसरमा वकिलको भेषमा पुगेर सुटरलाई सहयोग गरेकी थिइन्। उनले पुस्तकभित्र हतियार लुकाएर अदालतमा प्रवेश गराएकी पाइएको छ।
उनले भारतको समुद्री मार्ग हुँदै नेपाल प्रवेश गरेकी हुन् र अनुमानित ६५ लाख रुपैयाँ खर्च गरेर काठमाडौं आइपुगेकी थिइन्। श्रीलंका–नेपाल प्रहरी समन्वय र दूतावासको सूचना आएपछि मात्र उनीहरू पक्राउ परेका हुन्।
अन्य आरोपी केनेडी बस्टिम्पिल्लै (जेके बाई) ठमेलस्थित होटलबाट पक्राउ परेका थिए। जीवथासन र ठाक्सी नयाँ बसपार्क, मित्रपार्कबाट पक्राउ परेका हुन्।
पक्राउ परेका मध्ये २ जनाको साथमा राहदानी भेटिएको छ; बाँकी चार जनाले कुनै कागजात नभएकोले उनीहरू समुद्री मार्गबाट भारत र त्यसपछि स्थलमार्गबाट नेपाल आएका हुन सक्ने अधिकारीहरूले जनाएका छन्। नेपालमा उनीहरूको अपराध नभएकाले अध्यागमन विभागसँग समन्वय गरी सबैलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ।
नेपाल–भारतको खुला सीमाका कारण अपराधीहरू एक देशबाट अर्को देशमा सजिलै सर्ने गरेका छन्। यद्यपि, इन्टरपोलका अनुसार श्रीलंकाका अपराधी नेपालमा आएको धेरै पटक सुनिएको थिएन।
यसअघि पनि नेपाल प्रहरीले विदेशी अन्डरवर्ल्डका ठूला समूहका सदस्यहरू पक्राउ गरिसकेको छ । भारतमा भएको हत्यामा संलग्न सइम हुसेन, दाउद इब्राहिमका एजेन्ट शेख सलिम, कुख्यात सिरियल किलर चार्ल्स शोभराज, र छोटा राजन समूहका इजाज लकडावाल।
नेपाल प्रहरीको यो अपरेशनले अन्तर्राष्ट्रिय अपराधीहरूको नेपालमा बसाइ/सञ्चालनको जोखिम उजागर गरेको छ, र देशमा सुरक्षा र अन्तर्राष्ट्रिय समन्वयको महत्वलाई थप प्रष्ट बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: