Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

श्रीलंकाको भूमिगत गिरोहका सदस्य काठमाडौंमा पक्राउ

खबरडबली संवाददाता

काठमाडौं। श्रीलंकाको अदालत परिसरमै कुख्यात भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको खुलेको छ। नेपाल प्रहरीसँगको समन्वयमा गरिएको विशेष अपरेसनमा सञ्जीवाको हत्यामा संलग्न ६ जना आरोपी काठमाडौं र भक्तपुरमा बसेको अवस्थामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन्। उनीहरूमध्ये इसारा सेउबन्दी ७ फागुन २०८० मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको हत्याकाण्डकी मुख्य अभियुक्त हुन्।

उनविरुद्ध इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। नेपालमा उनीहरू बसेको जानकारी श्रीलंका दूतावासको चासोपछि प्रहरीले निगरानी थालेको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) बाट टोली परिचालित थियो।

पक्राउ परेका सबै आरोपी केहेलबड्डरा पद्ये समूहसँग जोडिएका रहेका छन्। यस समूहले मलेसिया र दुबईबाट अपराध र्‍याकेट चलाउँदै आएको प्रहरीले जनाएको छ। सञ्जीवाको हत्याको मुख्य योजनाकार पद्ये नै रहेको स्थानीय समाचार संस्थाहरूले पनि उल्लेख गरेका छन्।

इसारा सेउबन्दी भक्तपुरमा कोठा भाडामा लिएर बसेकी थिइन्। घरबेटीलाई आफू भारतीय नागरिक भएको बताएर बसिरहेकी उनी प्रायः कोठामै बस्ने गरेको पाइएको छ। हत्यामा संलग्न सुटर दिलसन पियुमंगालाई घटनाकै दिन श्रीलंकन प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानले देखाएको छ कि इसाराले अदालत परिसरमा वकिलको भेषमा पुगेर सुटरलाई सहयोग गरेकी थिइन्। उनले पुस्तकभित्र हतियार लुकाएर अदालतमा प्रवेश गराएकी पाइएको छ।

उनले भारतको समुद्री मार्ग हुँदै नेपाल प्रवेश गरेकी हुन् र अनुमानित ६५ लाख रुपैयाँ खर्च गरेर काठमाडौं आइपुगेकी थिइन्। श्रीलंका–नेपाल प्रहरी समन्वय र दूतावासको सूचना आएपछि मात्र उनीहरू पक्राउ परेका हुन्।

अन्य आरोपी केनेडी बस्टिम्पिल्लै (जेके बाई) ठमेलस्थित होटलबाट पक्राउ परेका थिए। जीवथासन र ठाक्सी नयाँ बसपार्क, मित्रपार्कबाट पक्राउ परेका हुन्।

पक्राउ परेका मध्ये २ जनाको साथमा राहदानी भेटिएको छ; बाँकी चार जनाले कुनै कागजात नभएकोले उनीहरू समुद्री मार्गबाट भारत र त्यसपछि स्थलमार्गबाट नेपाल आएका हुन सक्ने अधिकारीहरूले जनाएका छन्। नेपालमा उनीहरूको अपराध नभएकाले अध्यागमन विभागसँग समन्वय गरी सबैलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ।

नेपाल–भारतको खुला सीमाका कारण अपराधीहरू एक देशबाट अर्को देशमा सजिलै सर्ने गरेका छन्। यद्यपि, इन्टरपोलका अनुसार श्रीलंकाका अपराधी नेपालमा आएको धेरै पटक सुनिएको थिएन।

यसअघि पनि नेपाल प्रहरीले विदेशी अन्डरवर्ल्डका ठूला समूहका सदस्यहरू पक्राउ गरिसकेको छ । भारतमा भएको हत्यामा संलग्न सइम हुसेन, दाउद इब्राहिमका एजेन्ट शेख सलिम, कुख्यात सिरियल किलर चार्ल्स शोभराज, र छोटा राजन समूहका इजाज लकडावाल।

नेपाल प्रहरीको यो अपरेशनले अन्तर्राष्ट्रिय अपराधीहरूको नेपालमा बसाइ/सञ्चालनको जोखिम उजागर गरेको छ, र देशमा सुरक्षा र अन्तर्राष्ट्रिय समन्वयको महत्वलाई थप प्रष्ट बनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending