काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठक तीन दिनसम्म चल्ने एमाले नेताहरूले बताएका छन्।
माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेको र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरेको सन्दर्भमा एमालेको यो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले नेतृत्व पुस्तान्तरण र संगठन पुनःसंरचनामा जोड दिइरहेका बेला एमालेभित्र भने अझै पनि अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरताको पक्षमा बहुमत देखिएको छ। हालै सम्पन्न सचिवालय बैठकले ‘ओलीको विकल्प छैन’ भन्ने निष्कर्ष निकालेको थियो, र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी मंसिरको अन्तिम सातामा प्रस्ताव गरिएको महाधिवेशन मिति, सुशीला कार्की नेतृत्वको सरकारको वैधानिकता र राजनीतिक पृष्ठभूमिबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यस क्रममा अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, र वर्तमान राजनीतिक अवस्थाबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको गौतमले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग संवाद नगरेको, शान्ति–सुरक्षाको वातावरण नबनेको र निष्पक्ष निर्वाचन सम्भव छ कि छैन भन्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार, एमालेले संसद् पुनःस्थापनाको एजेन्डा र आगामी निर्वाचन तयारीलाई समानान्तर राजनीतिक रणनीतिका रूपमा अघि बढाउनेगरी बैठकबाट म्यान्डेट अनुमोदन गर्ने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:३९
काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...
चैत्र ९ गते, २०८२ - २०:३१
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...


प्रतिकृया लेख्नुहोस्: