काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठक तीन दिनसम्म चल्ने एमाले नेताहरूले बताएका छन्।
माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेको र कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको घोषणा गरेको सन्दर्भमा एमालेको यो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले नेतृत्व पुस्तान्तरण र संगठन पुनःसंरचनामा जोड दिइरहेका बेला एमालेभित्र भने अझै पनि अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरताको पक्षमा बहुमत देखिएको छ। हालै सम्पन्न सचिवालय बैठकले ‘ओलीको विकल्प छैन’ भन्ने निष्कर्ष निकालेको थियो, र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी मंसिरको अन्तिम सातामा प्रस्ताव गरिएको महाधिवेशन मिति, सुशीला कार्की नेतृत्वको सरकारको वैधानिकता र राजनीतिक पृष्ठभूमिबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यस क्रममा अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, र वर्तमान राजनीतिक अवस्थाबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको गौतमले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग संवाद नगरेको, शान्ति–सुरक्षाको वातावरण नबनेको र निष्पक्ष निर्वाचन सम्भव छ कि छैन भन्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार, एमालेले संसद् पुनःस्थापनाको एजेन्डा र आगामी निर्वाचन तयारीलाई समानान्तर राजनीतिक रणनीतिका रूपमा अघि बढाउनेगरी बैठकबाट म्यान्डेट अनुमोदन गर्ने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: