तेहरान। इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यसँग ‘पूर्णत: विपरीत’ भएको टिप्पणी गरेको छ ।
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिले व्यक्त गर्नु भएको शान्ति र वार्ताको इच्छा इरानी जनताप्रति अमेरिकाले देखाइरहेको शत्रुतापूर्ण र आपराधिक व्यवहारसँग मेल खान सक्दैन ।” विज्ञप्तिमा अमेरिकी प्रशासनको समर्थनमा गत जुन महिनामा इजरायलद्वारा इरानका आणविक तथा सैन्य केन्द्रमा गरिएको बमबारीको उल्लेख गर्दै ‘त्यो आक्रमणले सयौँ निर्दोष नागरिकको ज्यान लिएको मात्र होइन, क्षेत्रीय स्थायित्वलाई पनि गम्भीररूपमा कमजोर बनायो’ भनिएको छ ।
जुन महिनाको मध्यतिर इजरायलले इरानभरि व्यापक हवाई आक्रमण अभियान सञ्चालन गरेको थियो, जसमा आणविक सुविधा, सैनिक ठेगाना र आवासीय क्षेत्रसमेत लक्षित भएका थिए । ती आक्रमणमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । बाह्र दिनसम्म चलेको इजरायल-इरान युद्धमा अमेरिकाले पनि प्रत्यक्षरूपमा इरानी आणविक साइटमा प्रहार गरेको थियो, जसका कारण वासिङ्टन र तेहरानबिचको उच्चस्तरीय आणविक वार्ता पूर्णरूपमा अवरुद्ध भएको थियो ।
इरानले त्यसको प्रतिकार स्वरूप मिसाइल र ड्रोन आक्रमण गरेको थियो । ती आक्रमणले इजरायलमा दर्जनौँ मानिसको मृत्यु भयो । जुन २४ देखि दुई देशबिच युद्धविराम लागू भए पनि सम्बन्ध तनावपूर्ण नै रहेको छ । यसैबिच सोमबार इजरायली संसद् ९नेसेट० मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भनेको थिए, “संयुक्त राज्य अमेरिका इरानसँग शान्ति सम्झौता गर्न इच्छुक छ, तर अन्तत: बल तेहरानको कोर्टमा छ ।”
तर इरानले उक्त प्रस्तावलाई ‘दुईमुखे र अविश्वसनीय’ भन्दै खारेज गरेको छ । विदेश मन्त्रालयले प्रश्न गर्दै भन्यो, “कसरी कुनै देशले राजनीतिक वार्ताको कुरा गर्न सक्छ, जब उसैले इरानका आवासीय क्षेत्रमा बमबारी गरेर निर्दोष महिला र बालबालिकासहित हजारौँ नागरिकको ज्यान लिएको छ ?” ट्रम्पले आफ्नो सम्बोधनमा इरानलाई ‘आतङ्कवादीलाई त्याग्न, छिमेकीलाई धम्की दिन रोक्न, प्रोक्सी समूहलाई सहयोग बन्द गर्न र इजरायलको अस्तित्व अधिकारलाई स्वीकार गर्न’ आग्रह गरेको थिए।
तेहरानले भने ती टिप्पणीलाई ‘गैरजिम्मेवार, लाजमर्दो र उक्साहटपूर्ण’ भन्दै संयुक्त राज्य अमेरिकालाई आतङ्कवादको प्रमुख उत्पादक तथा ‘नरसंहारकारी यहुदी शासनको समर्थनकर्ता’ भएको आरोप लगाएको छ । विज्ञप्ति इरानले चेतावनी दिँदै भनेको छ, “संयुक्त राज्य अमेरिकासँग अरू राष्ट्रलाई आरोप लगाउने कुनै पनि नैतिक अधिकार छैन । जबसम्म वासिङ्टनले आफ्नो दोहोरो मापदण्ड र शत्रुतापूर्ण नीतिहरु परित्याग गर्दैन, कुनै पनि प्रकारको वार्ता सम्भव हुने छैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...
पौष ११ गते, २०८२ - ११:०६
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइ...
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...




प्रतिकृया लेख्नुहोस्: