काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए। उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ ।
यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमश: ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।
निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।
निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवर्द्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १३:४८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...
चैत्र १८ गते, २०८२ - १३:३७
काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...
चैत्र १८ गते, २०८२ - १३:१२
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...
चैत्र १८ गते, २०८२ - १२:४३
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...
चैत्र १८ गते, २०८२ - १२:१९
पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...
चैत्र १८ गते, २०८२ - १२:०५
सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
चैत्र १८ गते, २०८२ - ११:५९
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...
चैत्र १८ गते, २०८२ - ११:५५
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...
चैत्र १८ गते, २०८२ - ११:४४
धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...
चैत्र १८ गते, २०८२ - ११:२९
बैतडी। बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन...


प्रतिकृया लेख्नुहोस्: