सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै बरामद गरेको भन्दै सोमबार सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ।
प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटरसाइकलसहित नगद पाँच लाख ४५ हजार रुपैयाँ लिएर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिले रकमको स्रोत स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको हो।
तर, मन्सुर परिवार र स्थानीयले भने प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार विवाहको सरसामग्री किनमेलका लागि रकम लिइरहेका बेला प्रहरीले ‘अवैध रकम’ भन्दै लुटपाटजस्तो शैलीमा रकम बरामद गरेको हो।
प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
मोहनपुरकी अप्सना खातुनका अनुसार छोरीको विवाहका लागि किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर, प्रहरीले वास्तविकता नबुझी हतारमा भन्सारमा बुझाएको आरोप उनले लगाइन्।
प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनले मलङ्गवाबाट पैसा झिकेर त्रिभुवननगरतर्फ लैजाने प्रयोजन पनि शंकास्पद रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न




प्रतिकृया लेख्नुहोस्: