Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

जेनजीबाट मन्त्रीको दौड : आदर्शबाट अवसरतिर

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका बेला नारा थियो— “व्यवस्था होइन, भविष्य बदल्छौं।”तर अहिले त्यही आन्दोलनका धेरै अनुहारहरू भविष्य बदल्ने होइन, मन्त्री बन्ने दौडमा उत्रिएका छन्।

प्रधानमन्त्री कार्यालयका एक स्रोतका अनुसार, हालसम्म ८० भन्दा बढी जेनजी युवाले आफ्ना सीभी (बायोडाटा) प्रधानमन्त्री कार्यालयमा पुर्‍याएका छन्। आन्दोलनमा अग्रपंक्तिमा देखिएका मात्रै होइन, पछि जोडिएका धेरैले पनि आफू योग्य रहेको भन्दै मन्त्री बन्न चाहना प्रकट गरेका हुन्। तर स्रोत भन्छ, “प्रधानमन्त्री सुशीला कार्कीले ती सीभीमध्ये कुनै पनि हेरेकी छैनन्। उहाँले अहिले त्यस विषयमा कुनै निर्णय गर्नुभएको छैन।”

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय मध्ये कुनै एक जेनजी पुस्तालाई दिने तयारी गरेको बताइन्छ। तर नाम टुंग्याउन नसक्दा मन्त्री छनोटमा अन्योल छाएको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, “जेनजीको नाममा अहिले ग्रुप–ग्रुपले बार्गेनिङ गरिरहेका छन्। कसले कति ठूलो योगदान दियो भन्ने बहस होइन, कसले कुन नेतासँग नजिक छ भन्ने हिसाबले दौड चलेको छ।”

अहिलेको अवस्था हेर्दा धेरैलाई लाग्न थालेको छ । जेनजी आन्दोलनको आदर्शभन्दा अवसर हावी हुन थालेको छ। आन्दोलनका बेला बुट्टे झोलामा प्लेकार्ड बोकेर सडकमा नारा लगाउनेहरू अहिले नेतासँग भेटघाटको लाइनमा छन्।

एक सहभागी युवाले भने, “हामीले न्यायका लागि आन्दोलन गरेका थियौँ, तर अहिले धेरै साथीहरू पदका लागि भिडिरहेका छन्। यो आन्दोलनको मर्मसँग मेल खाँदैन।” अर्को जेनजी नेतृले भने, “असली जेनजीहरूलाई बेवास्ता गरेर बाहिरका प्रभावशाली समूहहरूलाई प्राथमिकता दिइँदैछ।”

प्रधानमन्त्री कार्कीले यो विषयमा हालसम्म सार्वजनिक टिप्पणी गरेकी छैनन्। उनका सल्लाहकारहरूले पनि नाम छनोटमा कुनै दबाब नलिने र योग्यताको आधारमा मात्र निर्णय हुने बताएका छन् । तर राजनीतिक विश्लेषकहरूको बुझाइमा, आन्दोलनपछि युवाको ऊर्जा र उत्साहलाई संस्थागत गर्न सरकार असफल हुँदै गएको छ। विश्लेषक भीम न्यौपाने भन्छन्, “जेनजी आन्दोलनले देशको राजनीतिक दिशा बदल्ने क्षमता थियो, तर नेतृत्वले त्यसलाई पदको प्रतिस्पर्धामा सीमित बनाइरहेको छ।”

आन्दोलनको सपना र यथार्थ

भदौमा सुरु भएको जेनजी आन्दोलनले देशभरका युवालाई सडकमा उतारेको थियो। सडकमा घाम–पानी बेवास्ता गरेर उनीहरूले “नयाँ पुस्ताको शासन” को आवाज उठाएका थिए। तर आन्दोलनको एक महिनापछि नै सडकको नारा सत्ताको दैलोमा फिक्का हुन थालेको देखिन्छ।

अहिले सबैकाे मनमा   प्रश्न उठ्न थालेको छ के जेनजी आन्दोलनका युवाहरूले आफ्ना सहकर्मीहरूको बलिदानको सपना जोगाउँछन्, कि उनीहरू पनि पुरानो पुस्ताजस्तै सत्ता र सिटको खेलमा हराउनेछन्?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending