Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ । पार्टी नेतृत्वविरुद्ध झुट्टा प्रचारप्रसार गरी भ्रम सिर्जना र चरित्रहत्या गरेको आरोपमा उजुरी दर्ता गरिएको माओवादीका नेता राजन दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार डिजिटल माध्यममार्फत गरिएको यस्तो गतिविधि साइबर अपराधसम्बन्धी कानुनविपरीत भएकाले अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको हो ।

यसअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पनि यस्ता दाबीहरूको आधिकारिक रूपमा खण्डन गरेको थियो । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा देवेन्द्र सुवेदीले युट्युब च्यानलमा दिएको अभिव्यक्ति  “प्रचण्डको निवासबाट जेनजी आन्दोलन अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको” भन्ने  पूर्णतः असत्य र दुरासयपूर्ण रहेको स्पष्ट गरिएको छ ।

सचिवालयले सम्बद्ध सञ्चार माध्यम र व्यक्तिलाई ती दाबीहरूको प्रमाण पेश गर्न चुनौती दिँदै आवश्यक कानुनी कारबाहीको माग गरेको थियो । पूर्व एआईजी सुवेदीले जेनजी आन्दोलनपछि एक युट्युब अन्तर्वार्तामा उक्त दाबी गरेका थिए, जसपछि सामाजिक सञ्जालमा त्यसले व्यापक चर्चा र आलोचना पाएको थियो ।

२४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रचण्ड र उनका छोरीहरू रेणु र गंगा दाहालको घरमा आगजनी भएको थियो । त्यसयता माओवादी केन्द्र पार्टी नेतृत्वविरुद्ध भइरहेको प्रचारलाई “नियोजित र प्रायोजित चरित्रहत्या अभियान” भन्दै विरोध जनाउँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending