काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ । पार्टी नेतृत्वविरुद्ध झुट्टा प्रचारप्रसार गरी भ्रम सिर्जना र चरित्रहत्या गरेको आरोपमा उजुरी दर्ता गरिएको माओवादीका नेता राजन दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार डिजिटल माध्यममार्फत गरिएको यस्तो गतिविधि साइबर अपराधसम्बन्धी कानुनविपरीत भएकाले अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको हो ।
यसअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पनि यस्ता दाबीहरूको आधिकारिक रूपमा खण्डन गरेको थियो । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा देवेन्द्र सुवेदीले युट्युब च्यानलमा दिएको अभिव्यक्ति “प्रचण्डको निवासबाट जेनजी आन्दोलन अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको” भन्ने पूर्णतः असत्य र दुरासयपूर्ण रहेको स्पष्ट गरिएको छ ।
सचिवालयले सम्बद्ध सञ्चार माध्यम र व्यक्तिलाई ती दाबीहरूको प्रमाण पेश गर्न चुनौती दिँदै आवश्यक कानुनी कारबाहीको माग गरेको थियो । पूर्व एआईजी सुवेदीले जेनजी आन्दोलनपछि एक युट्युब अन्तर्वार्तामा उक्त दाबी गरेका थिए, जसपछि सामाजिक सञ्जालमा त्यसले व्यापक चर्चा र आलोचना पाएको थियो ।
२४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रचण्ड र उनका छोरीहरू रेणु र गंगा दाहालको घरमा आगजनी भएको थियो । त्यसयता माओवादी केन्द्र पार्टी नेतृत्वविरुद्ध भइरहेको प्रचारलाई “नियोजित र प्रायोजित चरित्रहत्या अभियान” भन्दै विरोध जनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: