Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

खबरडबली संवाददाता

गुल्मी। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला-जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताको लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको अत्यधिक भिड छ । प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट हुने भएकाले एउटा दर्ता स्टेसन राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेल जानकारी दिए। 

प्रशासन कार्यालयबाट २४ गते ३७ र २५ गते ४५ जनाले मतदाता नामावलीमा आफ्नो विवरण दर्ता गराएका छन् । निर्वाचन आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ताको सेवा प्रदान गरिएको गैरेले बताए।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क बहादुर श्रीसका अनुसार ३१४ जना नयाँ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका छ जनाले गुल्मीबाट मतदाता नामावली दर्ता गराएको श्रीसले बताए।

गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य रोकिएको थियो । अहिले पुन: असोज १० गतेबाट उत्साहजनक रुपमा मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिए। अहिले निर्वाचन कार्यालय र जिल्ला प्रशासन दुबै ठाउँबाट मतदाता नामावली दर्ता भइरहेको घिमिरेले बताए।

केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहे । दैनिक संख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समयसीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफुहरुको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताए। उनले परदेशबाट आएका, नयाँ उमेर समुहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरु विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending