काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका हुन् ।
‘ढिलै भए पनि विपिन जोशी कब्जामा परे पछि सुरुको भिडियो सार्वजनिक भएको छ, मृत्युको लिस्टमा उनको नाम छैन, इजरायले पनि जिउँदै रहेको भन्दै आइरहेका कारण उनी चाँडै रिहा हुनेमा आशावादी छौँ’ उनले भने ।
इजरायलस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्क गरिरहेको समेत उनले बताए । उनले इजरायल र हमासबिच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको पनि बताए ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमै सो सम्झौताको स्वागत गरेको छ । साथै नेपालले यो बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्किको प्रशंसा समेत गरेको छ ।
यो सम्झौतालाई कार्यान्वयन गर्न र गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न तथा दिगो शान्तिको मार्ग प्रशस्त गर्न मन्त्रालयले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । साथै जोशीलगायत सबै बन्धकको तत्काल रिहाइको आह्वान पनि गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...




प्रतिकृया लेख्नुहोस्: