विराटनगर । रंगेलीका मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख च्यातेर व्यक्तिको नाममा दर्ता गरेको जग्गा हिनामिनाको अर्को काण्ड फेला परेको छ।
रंगेली–२ (साबिक बबिया बिर्ता–३०) मा हुलाकी राजमार्गसँग जोडिएको कित्तापत्र नम्बर १७४ को १ विघा १९ धुर सरकारी जग्गा योजनाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ। चलनचल्तीको मूल्यांकन अनुसार यसको मूल्य ४ करोडभन्दा बढी रहेको छ।
जग्गा दर्ता गराउने क्रममा भूमाफिया र कर्मचारीको मिलोमतो भएको देखिन्छ। लीलाखरेल नामक व्यक्तिले आफ्नो ८० वर्षीय अशक्त बुबा छविलाल खरेलको नाममा जग्गा दर्ता गराएको खुलासा भएको छ। लीलाले २०८० सालमा वडा कार्यालयमा जग्गा ऐलानी भएको भन्दै आफ्नै नाममा दर्ता गर्न निवेदन दिएका थिए।
तर मालपोतका कर्मचारीको सेटिङमा २०८२ साल असार ३१ गते लीलाले उक्त जग्गालाई किर्ते कागजातका आधारमा आफ्नो नाममा दर्ता गराएका थिए र बिक्रीसमेत गरेका थिए। एउटै जग्गा एउटै व्यक्तिले ऐलानी स्वीकार र बुबाको नाममा दाबी गर्ने चलाखीले संगठित अपराधको संकेत दिएको छ।
साविकमा कित्ता नम्बर १२९ को जग्गा जंगलको थियो। सात विघाहा प्लटलाई १७२, १७३ र १७४ गरी तीन कित्ता बनाइएको थियो। त्यसमध्ये १७४ को करिब १ विघा १९ धुर जग्गा सरकारी नाममै खाली थियो। तर भू–माफियाले मालपोत कार्यालयमा किर्ते गरी कुनै आधारबिना छविलाल खरेलको नाममा दर्ता गराएका थिए।
जग्गा दर्ता भएपछि लीलाले तीव्र गतिमा बिक्री प्रक्रियामा अघि बढाए। बुबाको नाममा रहेको जग्गाबाट तीन कठ्ठा नविन पुरीलाई, एक कठ्ठा शान्ता निरौलालाई र १४ कठ्ठा १४ धुर जग्गा नवीना निरौलालाई पास गरिसकेका छन्।
मालपोत स्रोतका अनुसार, कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको छ। ‘जुन दिन यो पारित हुनुपर्ने थियो, हाकिमज्यू बाहिर गएर अन्य कर्मचारीबाट काम गराइएको थियो,’ स्रोतले बताए।
८० वर्षीय खरेललाई यो विषयमा जानकारी नभएको र शारीरिक रूपमा अशक्त भएको जनाइएको छ। कांग्रेसको मूल्यको सार्वजनिक सम्पत्ति नक्कली कागजातको आधारमा हडपिएको यो घटना रंगेलीमा भू–माफियाको सञ्जाल कति बलियो छ भन्ने देखाउँछ।
मालपोत कार्यालय रंगेलीले औपचारिक छानबिन सुरु गरेको छ। रंगेली नगरपालिकाले जग्गा सार्वजनिक रहेको भन्दै प्रमाण पेश गर्न पत्र पठाएपछि, मालपोतले सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वामित्व प्रमाण पेश गर्न निर्देशन दिएको छ।
यसअघि पनि मालपोत कर्मचारी र भूमाफियाको मिलोमतोमा दर्ता भएको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली स्रेस्ता खारेज गरिएको थियो। यस प्रकरणमा संलग्न भनिएका तीन कर्मचारी र एक भूमाफिया विरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ।
पक्राउ परेका मुख्य योजनाकार:
कामदेव मण्डल, सुरक्षा गार्ड
रेवती अधिकारी, नायब सुब्बा
अर्जुन न्यौपाने, कम्प्युटर अपरेटर
भीमप्रसाद सिंह, जग्गा आफ्नो नाममा लिने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: