Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

टासी विवादः नागरिकता, ‘फ्री–तिब्बत’ कनेक्सन र कर्णालीको आवाज

खबरडबली संवाददाता

सुर्खेत । सुशीला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्रीका रूपमा प्रचारित टासी ल्हाजोमको नियुक्तिले चारैतिरै तरंग उत्पन्न गरेको छ। विवादको केन्द्रमा उनको नागरिकता प्रमाणपत्र, चीन–नेपाल संवेदनशील सन्दर्भ र ‘फ्री तिब्बत’ अभियानसँगको सम्भावित सम्बन्ध छन् — र प्रवृत्ति हेर्दा स्थानीय राजनीतिक समूह र राष्ट्रिय स्तरका व्यक्तिहरूले यसलाई गम्भीर रूपमा लिएर माग राख्न थालेका छन्।

कर्णाली ‘जेनजी’ समूहका संयोजक सुप्रिया शाहीले जारी गरेको विज्ञप्तिमा टासीका सम्बन्धमा तत्कालिन चार बुँदे माग अगाडि राखिएका छन्:

टासी ल्हाजोमको नागरिकताबारे तुरुन्त छानबिन।

उनको फ्रि–तिब्बत अभियानजस्ता गतिविधिसँगको सम्भावित अन्तर्राष्ट्रिय संलग्नताको स्पष्टिकरण, विशेष गरेर नेपाल–चीन सम्बन्धका संवेदनशील आयाम हेरी।

जेनजी आन्दोलनमा उनको भूमिका र कर्णाली प्रदेशका स्थानीय विकास/प्रतिनिधित्वमा उनको योगदानबारे पारदर्शिता।

कर्णालीको प्रतिनिधित्वसम्बन्धि कुनै निर्णय लिँदा स्थानीय जेनजी समूहहरूसँग परामर्श र छलफल अनिवार्य होस्।

विज्ञप्तिमा चेतावनी समेत गरिएको छ । यी मागलाई बेवास्ता गरे भविष्यमा उब्जिने परिणामको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ।

यस्तै स्वरमा राप्रपाका प्रवक्ता तथा जुम्लाका पूर्व–सांसद ज्ञानेन्द्र शाहीले पनि टासीको मन्त्रीपदको तयारीप्रति आपत्ति जनाएका छन्। शाहीको आरोप कडा छन् — उनले टासीलाई कर्णालीको वास्तविक बासिन्दा नभएको र भारतस्थित तिब्बती शरणार्थी क्याम्प/फ्री–तिब्बत अभियानसँग उनको नाता रहेको दाबी गरेका छन्। शाहीले लेखेका छन् कि टासीको पृष्ठभूमि र नागरिकता छानबिन नगरी मन्त्रिपरिषद् नियुक्त गर्ने हो भने सरकारले राष्ट्रिय अखण्डतामाथि समेत असर पार्ने सम्भावना भएको चेतावनी दिएका छन्।

स्थानीयताको प्रश्न यहाँ केबल गणनात्मक होइन । राजनीतिक संवेदनशीलता र राष्ट्रिय सम्बन्धको प्रश्न हो। कर्णालीमा आधारित समूहहरूका लागि प्रतिनिधि को हुन्छ र कसरी हुन्छ भन्ने मुद्दा स्वाभाविक रूपमा संवेदनशील छ; त्यसमुनि विदेशसँग जोडिएका गतिविधिको छायाँ देखिन्छ भने चिन्ता अझै गहिरो हुन्छ।

सरकारका निकट स्रोतहरू भने घटनालाई शान्त बनाउने प्रयासमा छन् र औपचारिक प्रक्रियाबाट सत्य–पृष्ठभूमि प्रमाणित गरिने आश्वासन दिएका छन्। तर गत राजनीतिक परिदृश्यमा नागरिकता, प्रतिनिधित्व र विदेशसम्बन्धी नीतिहरूले छिट्टै भावुक प्रतिकृया सिर्जना गर्ने गरेको इतिहासले यसलाई थप जटिल बनाएको छ।

राजनीतिक विश्लेषकहरू बताउँछन् । एउटा नियुक्ति मात्र सरकारले जतिसुकै औपचारिकता पुरा गरे पनि स्थानीय समूह र विपक्षी नेताहरूको भावनात्मक प्रतिक्रिया ठाने भन्दा धेरै महत्वपूर्ण हुन्छ। विशेषगरी जेनजी जस्तो आन्दोलनले ऊर्जा बोकेको क्षेत्रमा ‘प्रतिनिधित्व’को प्रश्नले सजिलै सस्मरणीय राजनीतिक आन्दोलनमा रूप लिन सक्छ।

उहाँलाई मन्त्री बनाउने निर्णय अगाडि बढ्ने हो भने सरकारले पारदर्शिता, छानबिन र कर्णालीका स्थानीय समूहहरूसँग समन्वय गरी सामाजिक–राजनीतिक स्थिरता कायम राख्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने देखिन्छ। नत्र, विज्ञप्तिमा दिइएको चेतावनी झुटो नहुन सक्छ । र स्थानीय स्तरको असन्तुष्टि राष्ट्रिय–राजनीतिक तहसम्म फैलन समय लाग्ने छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending