काठमाडौं । जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै हल्लाइदिएको केही हप्ता बितिसक्यो । सडकमा नारा गुञ्जिए, युवाहरूको भीड उर्लियो, पुराना दलहरूमा हलचल मच्चियो । तर, अझै पनि एक प्रश्न अनुत्तरित छ । यो आन्दोलनको वास्तविक नेता आखिर को हो ?
यही जिज्ञासा शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पनि घन्कियो । पहिलोपटक सरकार र राजनीतिक दलका शीर्ष नेताहरू जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग आमनेसामने भएका थिए । कोठाभरि औपचारिक मुस्कान र नापजाँचिएको बोलीमात्र थिए । तर भित्री रूपमा सबैको मनमा एउटै प्रश्न थियो, “यो आन्दोलन कसले चलायो ?”
प्रधानमन्त्री पूर्ण कार्कीले बैठकको सुरुआतमा अपेक्षाकृत शान्त स्वरमा भनिन्, “परिवर्तनलाई आत्मसात गर्नुपर्छ । हामी सबैले मिलेर आगामी निर्वाचनलाई सफल पार्नुपर्छ।” उनको आवाजमा आत्मविश्वास थियो, तर केही क्षणमै त्यस आत्मविश्वासमुनि शंका झल्कियो । त्यो शंका उनले नै व्यक्त गरिन्, हाँस्दै भनिन् “जेनजीको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेकी छु।”
कोठामा क्षणभर मौनता छायो । कांग्रेस र एमालेका नेताहरू एक–अर्कालाई हेरे । उनीहरूका अनुहारमा ‘हामीलाई पनि थाहा छैन’ भन्ने भाव झल्कियो । दुवै दलले चुनावमा भाग लिने विषयमा स्पष्ट प्रतिबद्धता जनाएनन् । कांग्रेसले भन्यो “पार्टी बैठकपछि धारणा बनाउँछौं।” एमालेले भने “घोषित मिति नै कति निश्चित छ, त्यो पनि देख्न बाँकी छ।” स्रोतका भनाइमा, ‘दुवै दल अझै रणनीति बनाउने मोडमा छन्।’
राष्ट्रिय स्वतन्त्र पार्टीले भने फरक स्वरमा भन्यो “निर्वाचन जसरी पनि सफल पार्नैपर्छ। जनता फेरि निराश हुन दिनु हुँदैन।” त्यो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले विदेशी भूमिमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने मागसमेत राखे ।
राप्रपाका ज्ञानेन्द्र शाहीले भने आफ्नो शैलीमै ८ बुँदे एजेन्डा प्रस्तुत गरे । संघीयता खारेजदेखि राजसंस्था पुनःस्थापनासम्मका कुरा उठाए । तर, यी सबै राजनीतिक संवादको बीचमा पनि एउटा ‘रहस्य’ मडारिइरह्यो । जेनजीका प्रतिनिधि त आएका थिए, तर कुन समूहका हुन् ? किनभने अहिले जेनजी नाममा आधा दर्जन समूह चलिरहेका छन् । कसैले आफू ‘केन्द्रीय संयोजक’ भन्छ, कसैले ‘मीडिया प्रमुख’। सडकमा भिड त एउटै हो, तर नेतृत्वको छायाँ धेरै ।
प्रधानमन्त्रीले अन्त्यमा फेरि एकछिन मौन भई भनिन्, “हामीले संवाद खुला राख्नैपर्छ, चाहे लिडर जोसुकै होस्।” त्यो वाक्यसँगै बैठक टुंगियो । तर, सिंहदरबारका गलियारामा एउटा अनुत्तरित प्रश्न अझै प्रतिध्वनित छ । “जेनजी आन्दोलनको वास्तविक नेता आखिर को हो ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: