काठमाडौ। महिला आप्रवासीको सवाल र अधिकार प्रवर्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा गएर सफल भएका र विविध कारणले फर्किएर आएका आप्रबासी महिला श्रमिकले विदेशमा भोग्नु परेको समस्या र अवसरबारे छलफल गरेका हुन् ।
महिला पुनस्र्थापना केन्द्रका संस्थापक डा।रेणु अधिकारीले सो केन्द्रमार्फत स्थापना गरिएको संस्था मञ्जरीले सुरक्षित आप्रवासन, गरिमामय रोजगारी, सामाजिक सुरक्षा र आप्रवासीको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको बताए ।
उनले महिलाले गर्ने श्रमलाई स्वदेशमै मान्यता दिंदै अन्तर्राष्ट्रिय स्तरमासमेत महिलाको श्रमको वकालत गर्न, अन्यायमा परेका महिला श्रमिकलाई न्याय दिलाउन र श्रमिकले घर फर्कन चाहेमा सुरक्षित उद्धार गर्ने संयन्त्र हुनुपर्नेमा जोड दिए।
उनले भने, “सबैभन्दा धेरै मेहनत गर्ने वर्ग महिलाले सदियौंदेखि आफ्नो श्रमको मुल्य पाएका छैनन्, स्यावासी, मुल्याङ्कन पनि गर्दैनन्, बैदेशिक रोजगारीबाट फर्केका नेपाली आप्रबासी महिला श्रमिकहरुले भोग्नु परेको असमानता, लैङ्गिक भेदभाव, सामाजिक असुरक्षा र रोजगारीमा समान अवसरबाट बञ्चित बनाईएकोले महिला श्रमिकको श्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका लागि आवाज बुलन्द गर्न राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो, महिलाको श्रमले समानताको मान्यता नपाएसम्म आवाज उठाइरहनुपर्छ ।”
कार्यक्रममा महिला पुनस्थार्पना केन्द्रका कार्यकारी निर्देशक सुनिता मैनालीले संयुक्त राष्ट्र सङ्घको ग्लोवल कमप्याक्ट फर माईगे्रसन (आप्रबासी श्रमिकको सवाल) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिला आप्रवासनका अधिकारबारे साझा धारणा निर्माण गर्दै महिलाले आफ्नो श्रमलाई मान्यता दिलाउन पहल गर्नु पर्नेमा जोड दिए। उनले यस कार्यशालाबाट नेपाली महिला आप्रवासीको साझा घोषणापत्र तयार गर्ने, पैरवी, कार्ययोजना बनाउने सरोकारवालाबिच अनुभव साटासाट गर्ने अवसर मिलेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १३:४८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...
चैत्र १८ गते, २०८२ - १३:३७
काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...
चैत्र १८ गते, २०८२ - १३:१२
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...
चैत्र १८ गते, २०८२ - १२:४३
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...
चैत्र १८ गते, २०८२ - १२:१९
पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...
चैत्र १८ गते, २०८२ - १२:०५
सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
चैत्र १८ गते, २०८२ - ११:५९
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...
चैत्र १८ गते, २०८२ - ११:५५
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...
चैत्र १८ गते, २०८२ - ११:४४
धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...
चैत्र १८ गते, २०८२ - ११:२९
बैतडी। बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन...


प्रतिकृया लेख्नुहोस्: