काठमाडौं । राजनीतिक उथलपुथल र बढ्दो अनिश्चितताको बीच, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः आफ्नै पार्टी संरचना भित्रको सुरक्षा घेरामा छन्।
सरकारले केही दिनअघि उनलाई प्रदान गरिएको सुरक्षाकर्मी फिर्ता लिएपछि, माओवादीको युवा संगठन वाईसीएल (याेङ कम्युनिस्ट लिग) का पूर्वलडाकु पृष्ठभूमिका कार्यकर्ताहरू अहिले प्रचण्डको प्रत्यक्ष सुरक्षामा खटिएका छन्।
वाईसीएलका अध्यक्ष पुष्प ओली भन्छन्, “पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दा संयोजक प्रचण्डको सुरक्षामा चुनौती हुनसक्ने देखियो, त्यसैले हामीले आफ्नै टोली परिचालन गरेका छौँ।”
उनका अनुसार अहिले तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो तहमा प्रचण्डसँग नजिक रहने विशेष तालिमप्राप्त पूर्वलडाकुहरू, दोस्रो तहमा वाईसीएलको फिल्ड टोली, तेस्रो तहमा सूचनाको निगरानी र इन्टेलिजेन्स जिम्मेवारी सम्हाल्ने छुट्टै समूह।
यी टोलीहरू प्रचण्डको आवागमनका क्रममा ‘स्कर्टिङ’ प्रणाली अन्तर्गत सक्रिय रहनेछन्। सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टिमलाई तयारी अवस्थामा राखिएको छ, जसले स्थानीय स्तरमा सुरक्षात्मक समन्वय गर्छ।
वाईसीएलका पूर्वअध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएअनुसार, शुक्रबार बिहान १० बजेपछि प्रचण्डको सुरक्षामा खटिएका सरकारी सुरक्षाकर्मी फिर्ता भइसकेका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमित टोली मात्र रहेको छ भने बाँकी जिम्मेवारी वाईसीएल र पूर्व जनमुक्ति सेनाले सम्हालेका छन्।
जनयुद्धको पृष्ठभूमिबाट नयाँ भूमिका
१० वर्ष लामो सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादीले आफ्ना पूर्वलडाकुहरूलाई एकीकृत गर्दै वाईसीएल गठन गरेको थियो। यही पृष्ठभूमिबाट आएका कार्यकर्ताहरू अहिले पुनः ‘रक्षक’ भूमिकामा देखिएका छन् । तर यसपटक बन्दुकका साथ होइन, संगठनात्मक जिम्मेवारीका साथ। प्रचण्ड निकट स्रोतका अनुसार, यो व्यवस्था अस्थायी भए पनि आवश्यकताअनुसार विस्तार वा परिवर्तन गर्न सकिनेछ।
“यो कुनै आक्रामक सुरक्षा होइन,” स्रोतले भन्यो, “तर परिस्थितिलाई हेरेर राजनीतिक नेतृत्वको सुरक्षामा हामी आफैं सजग हुनुपर्ने आवश्यकता महसुस गरिएको हो।”
राजनीति, सुरक्षा र प्रतीकात्मकता
वाईसीएलको पुनः सक्रिय भूमिकाले राजनीतिक वृत्तमा नयाँ चर्चा निम्त्याएको छ। कसैले यसलाई ‘पार्टी अनुशासन र स्वावलम्बनको प्रतीक’ भन्दै व्याख्या गरेका छन्, भने अरूले यसलाई ‘राज्य संरचनामाथिको अविश्वासको संकेत’ मानेका छन्। तर माओवादी केन्द्र भित्र भने सन्देश स्पष्ट छ । “प्रचण्डको सुरक्षा हाम्रो जिम्मा।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: