Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

देशभर यी ६ सडक पूर्ण रुपमा बन्द

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।

मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका(२ नावाखोला सडक पनि बन्द छ ।

यता बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रुपमा बन्द भएका छन् । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ मा तीन स्थानमा सडक बन्छ छ ।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...

नेकपा र भीम रावल नेतृत्वको अभियानबीच ७ बुँदे सहमति, रावल छैटौँ वरीयतामा

काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...

धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...

गौमुखी गाउँपालिकाको लापरबाहीमा किसान आक्रोशित, तीन वर्षसम्मपनि पाएनन् किसानले भुक्तानी

प्यूठान  ।  प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...

ललितपुरमा योजनाबद्ध ‘दुर्घटना’ गरेर ११ लाख बराबरको सिक्री लुटपाट, एकजना पक्राउ

ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ।  घटना असोज ५ गते राति करिब १२ बजे, जावल...

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending